कास्की । जिल्लाको पुरुन्चौरमा अवस्थित जनसेवा बचत तथा ऋण सहकारी संस्था लि. को २९औं बार्षिक साधारण सभा सम्पन्न भएको थियो । उक्त साधारणसभाको उद्घाटन पोखरा महानगरपालिका वडा नं- १९ का वडा अध्यक्ष शोभामोहन पौडेलले गर्नुभएको थियो भने उद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथि वडा अध्यक्ष पौडेलले सहकारीहरुले नाफा सँगै सदस्य सेवा विस्तारमा जोड दिनुपर्ने बताउनुभएको थियो । उहाँले सहकारीसँग भएका असल अभ्यासहरुलाई अन्य सहकारी संस्थाहरुबाट लिन र आफ्नोमा भएका असल अभ्यासहरुलाई पनि अन्य सहकारीमा दिन सञ्चालक समितिलाई अनुरोध गर्नुभएको थियो । त्यसैगरी सहकारीले अति विपन्न बर्गमा पुगेर वित्तिय शिक्षाको माध्यमबाट सदस्यहरुलाई सहकारीको मुल धारमा ल्याउनुपर्ने विचार अध्यक्ष पौडेलले राख्नुभएको थियो ।
उक्त संस्थाका कुल १८ सय ६० सदस्यहरुमा १३ सय ६९ जना सदस्यहरुको साधारण सभामा उपस्थिति रहेको थियो भने समापन कार्यक्रममा संस्थाले बर्षभरी विभिन्न विधामा उत्कृष्ट हुने सदस्यहरुलाई सम्मान गरेको थियो जसमा बर्षको उत्कृष्ट सदस्य, बार्षिक उत्कृष्ठ बचतकर्ता महिला १ र पुरुष १ जना, बार्षिक उत्कृष्ट कारोवार कर्ता महिला १ र पुरुष १ जना, संस्थामा सबै भन्दा धेरै शेयर जम्मा गर्ने २ जना महिला र पुरुष १ जना, उत्कृष्ट बाल बचत कर्ता २ जना, बर्षको उत्कृष्ट सुुझाव कर्ता १ जना, बार्षिक सबै भन्दा धेरै सदस्यता बृद्धिमा योगदान दिने सदस्य १ जना गरी सबैलाई रु १५ हजार बराबरको १५ कित्ता सेयर सहित सम्मान गरिएको थियो ।
त्यसैगरी कार्यक्षेत्र भित्रका सामुदायिक विद्यालयबाट एस.ई.ई मा उत्कृष्ट जि.पि.ए. ल्याउने शेयर सदस्यका छोरा छोरीहरु २ जना १ छात्रा र १ छात्रलाई नगद रु.२ हजार र प्रमाण पत्र सहित सम्मान गर्दै संस्थाका जेष्ठ सदस्य १० जनामा ५ जना महिला र ५ जना पुरषलाई समेत सम्मान गरिएको थियो भने उत्कृष्ट हुने सदस्यहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथि नेफ्स्कूनकी सञ्चालक कमालादेवी गिरीद्धारा प्रमाण-पत्र र खादा लगाई सम्मान गरिएको थियो ।
Leave a Reply