बुटवलको सचेत महिला साकोस कर्ब्समा आबद्ध


रूपन्देही । नेफस्कून रूपन्देही बचत तथा ऋण सहकारी संघ साझेदारी कार्यक्रम अन्तर्गत बुटवल ९१३ बेलवास स्थित सचेत महिला साकोस नेफ्स्कूनले सञ्चालन गरेको जोखिममा आधारित साकोस सुपरिवेक्षण कार्यक्रम कर्ब्समा आबद्ध भएको थियो र सो सम्बन्धमा साकोसको कार्यालयमा सम्झौता पत्र हस्ताक्षर तथा आदानप्रदान सम्पन्न समेत भएको थियो । त्यसैगरी नेफ्स्कूनका कार्यक्रम अधिकृत मनोज खड्काका अनुसार साढे ४ करोड बढी वासलात भएको साकोसमा हाल ६ सय भन्दा बढी सदस्य आबद्ध रहेका छन् ।

त्रिपक्षीय सम्झौतामा नेफ्स्कूनकोतर्फबाट कार्यक्रम अधिकृत खड्का, जिल्ला संघको तर्फबाट व्यवस्थापक शर्मिला गौतम भट्टराई र साकोसका तर्फबाट अध्यक्ष फुलमाया रानाले हस्ताक्षर गर्नुभएको थियो भने कार्यक्रममा साकोसकी उपाध्यक्ष वोमकुमारी काउचा, लेखा सुपरिवेक्षण समिति संयोजक सिमा थापा, सदस्य विमला गैरे, ऋण उपसमिति सदस्य मनु आले, ऋण उपसमिति सदस्य गंगाकुमारी वि.क, सचिव शुभेच्छा थाप क्षेत्री, सदस्य पद्मा घिमिरे र व्यवस्थापक उमा गुरुङको रोहबरमा हस्ताक्षर भएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नयाँ निर्देशन जारी गर्ने अन्तिम तयारीमा विभाग
उच्चस्तरीय पर्ल्स अनुगमन प्रणाली तालिम सञ्चालन
ललितपुरमा साकोसहरुबीच असल सिकाई आदानप्रदान कार्यक्रम सम्पन्न
साकोसका नगद परिचालक तथा रिसेप्सनिष्टहरुको क्षमता विकास तालिम सम्पन्न