सहयोगी साकोसको ११औं बार्षिक साधारणसभा सम्पन्‍न


दाङ । तुलसीपुर उपमहानगरपालिका–५ अवस्थित सहयोगी बचत तथा ऋण सहकारी संस्थाको ११औं वार्षिक साधारणसभा सम्पन्न भएको थियो । संस्थाका अध्यक्ष रुपबहादुर खत्रीको अध्यक्षतामा सम्पन्न साधारणसभाको उद्घाटन प्रमुख अतिथि तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले गर्नुभएको थियो भने कार्यक्रमका अन्य अतिथिहरुमा तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष रामप्रसाद चालीसे र स्थानीय सहकारीकर्मीहरु लगायत सहभागी हुनुभएको थियो । त्यसैगरी संस्थाका अध्यक्ष खत्रीले विशेष सम्बोधन गर्नुभएको साधारणसभामा सञ्चालक समितिको तर्फबाट संस्थाका सचिव दुर्गाप्रसाद शर्मा, कोषाध्यक्ष पहलबहादुर रोकाहा र लेखा सुपरीवेक्षण समितिका संयोजक लालबहादुर के.सी.ले क्रमशः बार्षिक प्रगति प्रतिवेदन तथा चालु आ.व.को लागि प्रस्तावित बजेट तथा कार्यक्रम, आन्तरिक लेखपरीक्षण प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

 

उक्त सदस्य केन्द्रित सेवा प्रभाव र प्रविधि विकासलाई जोड दिँदै आएको सहयोगी साकोसले आगामी दिनमा पनि समय सापेक्ष प्रविधि विकास र व्यवसायिक विकासको निरन्तरतामा जोड दिने लक्ष्य अगाडि सारेको थियो भने आ.व. २०७७।०७८ को असार मसान्तसम्म संस्थाको सेयर पुँजी १ करोड १२ लाख २७ हजार ४ सय पुगेको छ र सोहि अवधिमा संस्थाले ८ करोड ४ लाख ८ हजार ९७ रुपैया बचत संकलन, ७ करोड ८५ लाख ४८ हजार ५ सय ३५ रुपैया ऋण लगानी, १ करोड २० लाख ४९ हजार ७ सय ५५ रुपैया सञ्चालन मुनाफा गर्न सफल भएको संस्थाले जनाएको थियो । त्यसैगरी साधारणसभाको अवसरमा संस्थाले उत्कृष्ट बचतकर्ता, उत्कृष्ट ऋणी सदस्य, जेष्ठ सदस्य, वाल बचत सदस्य, २०७७ सालमा उत्कृष्ट अंक ल्याई कक्षा १२ पास गर्ने छात्र-छात्राहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरेको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नेफ्स्कूनद्वारा सदस्य संघ संस्थाहरूका लागि “एकीकृत स्वनियम मार्गनिर्देशन–२०७९” जारी
“एकीकृत साकोस सञ्जालका लागि साझा प्रविधि” भन्ने यस बर्षको अभियानको थिम सार्वजनिक
सहकारी विभागद्वारा सहकारी संघ संस्था र सदस्यहरुका लागि निर्देशन जारी
दोलखामा कोपोमिस तालिम सञ्चालन