दोलखा । जिल्लाको वैतेश्वर गाउँपालिका तीन वटा बचत तथा ऋण सहकारीहरुबीच एकीकरण भएको थियो । साबिकका जन उत्थान साकोस, नवज्योति साकोस र बैशाखेश्वर साकोसबीच एकीकरण भई नव जन उत्थान साकोस बनेको थियो । नव जनउत्थान बचत तथा ऋण सहकारि संस्था लि. नाम र बैतेश्वर ३, खावा दोलखा ठेगाना रहनेगरी संस्था एकिकरण भएका थिए भने एकिकरणपछि संस्थाले पहिलो साधारण सभा समेत सम्पन्न गरेको थियो । त्यसैगरी एकिकृत सहकारीका तदर्थ समिति संयोजक तेन्जिङ शेर्पाको अध्यक्षतामा सम्पन्न साधारण सभा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघका सञ्चालक सदस्य एवं बाग्मती प्रदेश बचत तथा ऋण सहकारी संघका महासचिव जिवसराज खड्काको प्रमुख आतिथ्यता र दोलखा जिल्ला बचत संघका उपाध्यक्ष पवनप्रसाद दाहालको विशेष आतिथ्यतामा सम्पन्न भएको थियो ।
साधारण सभामा तदर्थ समितिका संयोजक तेन्जिङ शेर्पाले सहकारीको बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै लेखा सुपरिवेक्षण समितिका संयोजक शेषनारायण दाहालले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने प्रतिवेदन अनुसार एकीकरण पश्चात २ हजार २ सय ५५ सेयर सदस्य र १ हजार ५४ बाल बचतकर्ता तथा १० संघसंस्था गरि ३४१० सदस्य पुगेको र संस्थाको कुल सम्पत्ति १४ करोड ४६ लाख १६ हजार १ सय ३१, शेयर पूँजी १ करोड २० लाख १९ हजार ७ सय तथा बचत निक्षेप १० करोड ७७ लाख ३ हजार २ सय ५९ रहेको थियो । त्यसैगरी संस्थाले एकिकृत प्रथम साधारण सभाको अवसरमा उत्कृष्ट बचतकर्ता, उत्कृष्ट ऋणी, उत्कृष्ट तरकारी तथा पशु व्यवसायी, जेष्ठ नागरिक, विद्यार्थी लगायत उत्कृष्ट कर्मचारिलाई सम्मान गर्दै एकीकृत प्रथम वार्षिक साधारण सभाले अध्यक्षमा तेञ्जिङ शेर्पा, उपाध्यक्ष ङिमा दोर्जे शेर्पा, सचिव केदार दहाल, सहसचिव कर्णदोर्जे शेर्पा, कोषाध्यक्ष सुकु शेर्पालगायत १३ सदस्यीय सञ्चालक समिति र सिताराम दाहालको नेतृत्वमा ३ सदस्यीय लेखा सुपरिवेक्षण समिति सर्वसम्मत निर्वाचित गरेको थियो ।
Leave a Reply