जनचेतना साकोस नवलपुरको संस्थागत विकास तालिम
नवलपुर । जनचेतना साकोस, देवचुलि न.पा- १७, नवलपुरको संस्थागत विकास तालिम सुरु भएको थियो । माढि नपा ८, अयोध्यापुरी मध्यावर्ति सामुदायिक होमस्टेमा सञ्चालित तालिमको उद्घाटन कार्यक्रमको अध्यक्ष्यता संस्थाका अध्यक्ष चन्द्रप्रसाद तिवारीले गर्नुभएको थियो भने स्वागत मन्तव्य संस्थाको शिक्षा समिति सदस्य संगिता बराल सापकोटाले राख्नुभएको थियो ।
उक्त कार्यक्रमको अतिथि संस्थाका सल्लाहकार एवम् नवलपुर जिल्ला सहकारी संघका सचिव पिमलाल भट्टराई रहनुभएको थियो । तालिम सहजिकरण नेफ्स्कूनका तालिम अधिकृत सुमनराज घिमिरे र रविन्द्र श्रेष्ठले गर्नुभएको थियो ।