नेफ्स्कूनद्वारा सहकारीमन्त्री श्रेष्ठलाई बधाई एवम् शुभकामना


काठमाडौं । नेपाल सरकारका नवनियुक्त भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठलाई नेफ्स्कूनका कार्यवाहक अध्यक्ष चन्द्रप्रसाद ढकालद्वारा बधाई एमव् शुभकामना प्रदान गर्नुभएको थियो । उक्त मन्त्रालयमा आयोजित संक्षिप्त कार्यक्रमका बीच नेफ्स्कूनका कार्यवाहक अध्यक्ष ढकाल, नेफ्स्कूनका सञ्चालक द्वय न्हुच्छेनारायण मिलन श्रेष्ठ, सन्दिप सापकोटा र कार्य प्रमुख कार्यकारी अधिकृत प्रकाशप्रसाद पोख्रेलले शुभकामना प्रदान गर्नुभएको थियो भने संघका कार्यवाहक अध्यक्ष ढकाल र कार्यकारी अधिकृत पोख्रेलले बचत तथा ऋण सहकारी अभियान र नेफ्स्कूनको आगामी कार्यदिशाबारे संक्षिप्त प्रस्तुती राख्दै संघको आसन्‍न ३०औं बार्षिक साधारणसभा सम्बन्धी जानकारी गराउनुभएको थियो ।

 

मन्त्री श्रेष्ठले सहकारी क्षेत्रलाई अगाडि बढाउन के गर्नुपर्छ र यसको विकास र प्रवर्धनका लागि के गर्न सकिन्छ भन्ने विषयमा सबैसँग राय, सल्लाह र सुझाव लिइरहेको र त्यही अनुरुप कार्ययोजना बनाएर अगाडि बड्न लागिरहेको बताउनुभएको थियो भने भेटकै क्रममा सहकारी विभागका निवर्तमान रजिष्ट्रार एवम् हाल मन्त्रालयका सहकारी शाखाप्रमुख लीलाप्रसाद शर्मा पनि उपस्थित हुनुभएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नेफ्स्कूनद्वारा सदस्य संघ संस्थाहरूका लागि “एकीकृत स्वनियम मार्गनिर्देशन–२०७९” जारी
“एकीकृत साकोस सञ्जालका लागि साझा प्रविधि” भन्ने यस बर्षको अभियानको थिम सार्वजनिक
सहकारी विभागद्वारा सहकारी संघ संस्था र सदस्यहरुका लागि निर्देशन जारी
दोलखामा कोपोमिस तालिम सञ्चालन