कैलालीमा उच्चस्तरीय लेखा व्यवस्थापन तालिम शुरु


कैलाली । सुदुरपश्चिम प्रदेश अन्तर्गत कैलालीको अत्तरियामा बचत तथा ऋण सहकारी संस्थाहरुलाई लक्षित गरी चार दिवसीय उच्चस्तरीय लेखा व्यवस्थापन तालिम शुरु भएको थियो । नेफ्स्कून सञ्चालक सदस्य एवम् कञ्चनपुर फिल्ड व्यवस्थापन उपसमिति संयोजक माधवप्रसाद जोशिको अध्यक्षतामा तालिमको शुभारम्भ भएको थियो । उक्त सत्रमा कञ्चनपुर बचत संघका सञ्चालक सदस्य बसन्त भट्ट, नेफ्स्कूनका तालिम अधिकृत उमेश कोइराला, कार्यक्रम अधिकृत पवनजंग मल्ल, कञ्चनपुर म्यानेजर क्लबका उपाध्यक्ष असोक जोशी, कैलाली म्यानेजर क्लबका महासचिव रुद्र खनाल र स्थानीय सहकारीकर्मीहरु लगायतको उपस्थिति रहेको थियो ।

सभाध्यक्ष जोशिले कोभिड १९ महामारी प्रभावको विषम परिवेशमा संस्थालाई नीति, विधि र प्रविधिमा सञ्चालन गर्न, संस्थागत वित्तीय अनुशासनलाई ध्यान दिन र सुशासित संस्था निर्माणका लागि उच्चस्तरिय लेखा व्यवस्थापन तालिम अनिवार्य रहेको बताउदै नेफ्स्कूनले सञ्चालनमा ल्याएका गुणस्तर सुनिश्चितताका कार्यक्रमहरुमा सहभागी भई अगाडि बढ्न सबैलाई आग्रह गर्दै संस्थालाई परेको समस्या समाधानमा संघ पूर्ण रुपले सहयोग गर्न तयार रहेको जानकारी गराउनुभएको थियो ।

तालिममा कञ्चनपुर, कैलाली, डोटी र डडेलधुरामा सञ्चालित २४ वटा बचत तथा ऋण सहकारी संस्थाहरुबाट २८ जनाको सहभागिता रहेको थियो । उक्त तालिम सहजिकरण संघका तालिम अधिकृत उमेश कोइराला र कार्यक्रम अधिकृत पवनजंग मल्लले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन तथा व्यवस्थापन कञ्चनपुर फिल्ड कार्यालय इन्चार्ज यमबहादुर डाँगीले गर्नुभएको थियो ।

 

 


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

रामकोट साकोसको कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न
रणनीति योजना तर्जुमा तालिम सम्पन्न
मौद्रिक नीतिको पहिलो समीक्षा प्रतिवेदन सार्वजनिक
सहकारीको नियमन गर्ने अधिकार सरकारको