नेफ्स्कूनको ५औं कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला


काठमाडौं । नेफ्स्कूनका कार्यबाहक अध्यक्ष चन्द्रप्रसाद ढकालले संघको निरन्तर अनुगमन र सुपरिवेक्षणमा रहने स्तरीकरण तथा गुणस्तर सुनिश्चितताका कार्यक्रममा आबद्ध सदस्य साकोसहरुको सम्पूर्ण जिम्मा संघले लिने बताउनुभएको थियो । त्यसैगरी ५ औं कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला अन्तर्गत दिव्येश्वरी साकोस लौहकन्थलीको आयोजनामा भएको कार्यशालाका प्रमुख अतिथि ढकालले नेफ्स्कूनको स्कुलिङ भित्र बसेका सदस्य संघ संस्थाहरुको जिम्मा संघले नै लिने बताउनुभएको थियो ।

उक्त कार्यशालामा दिव्येश्वरी साकोसका अध्यक्ष प्रदीप शर्माको अध्यक्षतामा भएको र नेफ्स्कूनका प्रबक्ता समेत रहनुभएका कार्यबाहक अध्यक्ष ढकालले बचत ऋण सहकारीहरुका लागि छुट्टै साकोस ऐनको आवश्यकता झन टड्कारो बन्दै गएकोले त्यसका लागि बहसपैरवीमा संघ निरन्तर लागिपरेको समेत बताउनुभएको थियो । त्यसैगरी सहकारी ऐन २०७४ र नियमावली २०७५ मा व्यवस्था गरिएको बचत तथा ऋण सहकारीहरुको लागि स्थिरीकरण कोष, साकोस अभियानको जगेडा कोष भएको उल्लेख गर्दै उहाँले कोषमा योग्दानका लागि सबैसँग आग्रह गर्नुभएको थियो भने उक्त कार्यक्रममा १५ वटा साकोसका प्रतिनिधिहरुको सहभागिता रहेको नेफ्स्कून भक्तपुर फिल्ड कार्यालय इन्चार्ज पेशलकुमार खड्काले जानकारी गराउनुभएको थियो ।

 

 

 


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

रामकोट साकोसको कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न
रणनीति योजना तर्जुमा तालिम सम्पन्न
मौद्रिक नीतिको पहिलो समीक्षा प्रतिवेदन सार्वजनिक
सहकारीको नियमन गर्ने अधिकार सरकारको