सहकारी विभागका रजिष्ट्रार अधिकारीद्वारा पदबहाली


काठमाडौं । सहकारी विभागका रजिष्ट्रार झलकराम अधिकारीले पदबहाली गर्नुभएको थियो । सुदरपश्चिम प्रदेशको आर्थिक मामिला मन्त्रालयका सचिव अधिकारीको केही दिनअघि संघीय सहकारी विभागमा सरुवा भएको र आज विभागमा उहाँलाई कर्मचारीहरुले स्वागत गरेका थिए भने स्वागत तथा पदबहाली कार्यक्रमपछि रजिष्ट्रार अधिकारीले संक्षिप्त निर्देशन समेत दिनुभएको थियो ।

अधिकारीले आजबाट सहकारी विभागको रजिष्ट्रार रुपमा कार्य सुरु गर्नुभएको जानकारी सामाजिक सञ्जालबाट गराउँदै सहकारी क्षेत्रलाई कसरी कुशल व्यवस्थापन गर्न सकिन्छ होला भनी सुझावको अपेक्षा समेत गर्नुभएको थियो । उहाँले विगतमा अर्थ मन्त्रालय अन्तर्गतको सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द, पोखरा उपमहानगरपालिकाको प्रमुख कार्यकारी अधिकृत लगायतका जिम्मेवारी बहन गरिसक्नुभएको थियो भने कास्कीको अन्नपूर्ण गाउँपालिकाको अधिकारीले निजामती सेवा तथा सार्वजनिक प्रशासनसम्बन्धी पुस्तकहरु पनि प्रकाशित गर्नुभएको थियो ।

 

 


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

रामकोट साकोसको कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न
रणनीति योजना तर्जुमा तालिम सम्पन्न
मौद्रिक नीतिको पहिलो समीक्षा प्रतिवेदन सार्वजनिक
सहकारीको नियमन गर्ने अधिकार सरकारको