राष्ट्रिय सहकारी बैंकद्धारा सहकारी विभागका रजिष्ट्रार अधिकारीलाई बधाई एवम् शुभकामना

नेपाल सरकार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको संघिय सहकारी विभागमा सरुवा भई आउनु भएका रजिष्ट्रार भलकराम अधिकारीलाई राष्ट्रिय सहकारी बैंकले बधाई तथा शुभकामना दिएको थियो । उक्त विभागको कार्यालयमा आयोजित बधाई तथा शुभकामना कार्यक्रमका बीच बैंकका अध्यक्ष के.बी उप्रेती र प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईले बधाई तथा शुभकामना प्रदान गर्नुभएको थियो ।

अध्यक्ष उप्रेती र प्रमुख कार्यकारी अधिकृत गुरागाईले राष्ट्रिय सहकारी बैंकले सहकारी संघ-संस्थाको विकास र प्रवर्द्धन, वित्तीय तथा गैर वित्तीय क्षेत्रमा गरेको कार्य र आगामी कार्ययोजनाका बारेमा जानकारी गराउनुभएको थियो भने सो कार्यक्रममा रजिष्ट्रार अधिकारीले बधाई तथा शुभकामना ग्रहण गर्दै नेपालको सहकारी क्षेत्रमा सहकारी बैंकले पुर्‍याएको योगदानको प्रशंसा गर्दै उहाँले आगामी दिनमा सहकारी क्षेत्रको विकास र प्रवद्र्धन लगायत अन्य विविध कार्यहरुमा सहकारी बैंकसंग सहकार्य गरेर अगाडी बढ्ने बताउनुभएको थियो ।

 

कार्यक्रममा विभागका रजिष्ट्रार भलकराम अधिकारी, उप–रजिष्ट्रार एवम् सूचना अधिकारी खिमानन्द आचार्य, उप–रजिष्ट्रार एवम् गुनासो सुनुवाई अधिकारी टोलराज उपाध्याय, राष्ट्रिय सहकारी बैंकका अध्यक्ष के.बी उप्रेती, प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाई, बैंकको बानेश्वर शाखाका प्रमुख विष्णु गिरी, सहकारी विभागका कर्मचारीहरु लगायतको उपस्थिती रहेको थियो भने विभागमा पद बहाली गर्नुभएका रजिष्ट्रार अधिकारी यस अघि सुदुरपश्चिम प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयको सचिव रहनुभएको थियो ।

 


Posted

in

, ,

by

Tags:

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *