महासंघ प्रतिनिधिद्धारा सहकारी विभागका नवनियूक्त रजिष्ट्रारलाई स्वागत


राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कंडेलको नेतृत्वमा भएको प्रतिनिधि मण्डलले सहकारी विभागका नवनियूक्त रजिष्ट्रार झलकराम अधिकारीलाई उहाँकै कार्यकक्षमा स्वागत गरिएको थियो । उक्त प्रतिनिधि मण्डलमा महासंघका वरिष्ठ उपाध्यक्ष, आईसीए ग्लोबल वोर्ड सदस्य तथा संविधान सभा सदस्य ओमदेवी मल्ल,उपाध्यक्ष तथा राष्ट्रिय सहकारी बैंकका निवर्तमान अध्यक्ष रमेश पोख्रेल, लेखा सुपरिवेक्षण समितिका संयोजक धर्मदत्त देवकोटा, सञ्चालक राजेन्द्र पौडेल र नायब महाप्रबन्धक बाबुल खनालको सहभागीता रहेको थियो भने सहकारी अभियानलाई मर्यादित, गुणस्तरीय र व्यवस्थित बनाउन आपसमा सहकार्य, सहअस्तित्व र समन्वयका आधारमा काम गर्न आफू प्रतिवद्ध रहेको र सहकारी अभियान र सहकारी विभागले जिम्मेवारी बाँडफाड गरी एजेण्डा बनाएर काम गर्न आफू तयार रहेको बताउनुभएको थियो । त्यसैगरी महासंघका अध्यक्ष मिनराज कंडेलले सहकारीे सरकारको परिपूरक भएकाले तीन खम्बे अर्थनीतिको एक खम्बा मानिएको सहकारी क्षेत्रलाई व्यवस्थित बनाउन सहकारी अभियान र राज्यका विच सदैव हातेमालो हुनुपर्ने कुरामा जोड दिदै बित्तीय कारोबार गर्ने केही सहकारी संस्थाहरुमा भएका विकृति र बिसंगतिहरुलाई बेलैमा व्यवस्थापन गर्न महासंघ क्रियाशिल रहेको बताउनुभएको थियो ।

अन्तर्राष्ट्रिय सहकारी महासंघका ग्लोबल वोर्ड सदस्य रहनु भएका महासंघका वरिष्ठ उपाध्यक्ष ओमदेवी मल्लले सहकारी तथा गरिबी निवारण सूचना व्यवस्थापन प्रणाली कोपोमिसलाई समय सापेक्ष व्यवहारिक रुपमा परिमार्जन गर्नुपर्ने आवश्यकता औल्याउदै कर्जा सूचना केन्द्र कार्यान्वयनमा आउन सकेमा सहकारीमा हाल देखिएका विकृति र बिसंगतिहरु नियन्त्रण गर्न मद्दत पुग्ने बताउनुभएको थियो भने महासंघका उपाध्यक्ष रमेश पोख्रेलले तीन तहको कानूनलाई कार्यान्वयन गर्ने कार्य चुनौतिपूर्ण भएकाले सहकारी विभागले आवश्यक समन्वय गर्नुपर्ने बताउँदै अभियान र विभागको सहकार्यबाट मात्र नतिजामुखी परिमाण आउने विचार व्यक्त गर्नुभएको थियो ।

महासंघका लेखा सुपरीवेक्षण समितिका संयोजक धर्मदत्त देवकोटाले सहकारी ऐन, २०७४ मा रहेका कमजोरीहरु र सहकारीलाई उत्पादन र बजारीकरणमा लैजान बाधक रहेका अन्य अन्तरसम्वन्धित कानूनहरु समयानुकूल परिमार्जन गरी सहकारीलाई फराकिलो दायरावाट अघि बढ्न मार्गप्रशस्त गनुपर्ने बताउनुभएको थियो भने सहकारी विभागका नवनियूक्त उपरजिष्ट्रार टोलराज उपाध्यायले सहकारीको प्रतिष्ठा उच्च बनाउन आफूहरुले सक्दो पहल गर्ने प्रतिवद्दता व्यक्त गर्नुभएको थियो । त्यसैगरी महासंघका नायब महाप्रबन्धक बाबुल खनालले कोपोमिस सहकारीलाई डिजीटल आधारमा शुसासित र मर्यादित बनाउन अत्यन्त महत्वपूर्ण माध्यम रहेको बताउँदै कमीकमजोरी हटाई सोको सफल कार्यान्वनका लागि महासंघ सदैव तत्पर रहेको विचार व्यक्त गर्नुभएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नयाँ निर्देशन जारी गर्ने अन्तिम तयारीमा विभाग
उच्चस्तरीय पर्ल्स अनुगमन प्रणाली तालिम सञ्चालन
ललितपुरमा साकोसहरुबीच असल सिकाई आदानप्रदान कार्यक्रम सम्पन्न
साकोसका नगद परिचालक तथा रिसेप्सनिष्टहरुको क्षमता विकास तालिम सम्पन्न