राष्ट्रिय सहकारी बैंकको रणनीतिक योजना निर्माण गोष्ठी


राष्ट्रिय सहकारी बैंक लिमिटेडको रणनीतिक योजना निर्माण गोष्ठी शुरु भएको थियो । चन्द्रागिरी रिसोर्ट थानकोटमा भएको गोष्ठी बैंकका अध्यक्ष के.बी उप्रेतीले उद्घाटन गर्नुभएको थियो भने गोष्ठीको प्रमुख सहजकर्ताको रुपमा पूर्व अर्थसचिव रामेश्वर खनाल, सहजकर्ता मास्टर चेतना कोच तथा भिजनरी इन्टरनेशनलका प्रमुख कार्यकारी अधिकृत सिईयो इन्द्र गुरुङ रहनुभएको थियो  ।

राष्ट्रिय सहकारी महासंघको महाप्रवन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बाले पनि रणनीतिक योजना निर्माणका विविध विषयमा सहजीकरण गर्ने बैंकको सञ्चालक एवं शिक्षा तालिम तथा सम्मान उप–समितिको संयोजक सरिता तिमिल्सेना भट्टराईले बताउनुभएको थियो भने गोष्ठीमा बैकका अध्यक्ष के.बी उप्रेती, सञ्चालक समितिका सदस्यहरु, लेखा सुपरिवेक्षण समितिका संयोजक तथा सदस्यहरु, प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाई, सहायक महाप्रवन्धक राजेश श्रेष्ठ सहित विभागीय प्रमुखहरुको सहभागीता रहेको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नयाँ निर्देशन जारी गर्ने अन्तिम तयारीमा विभाग
उच्चस्तरीय पर्ल्स अनुगमन प्रणाली तालिम सञ्चालन
ललितपुरमा साकोसहरुबीच असल सिकाई आदानप्रदान कार्यक्रम सम्पन्न
साकोसका नगद परिचालक तथा रिसेप्सनिष्टहरुको क्षमता विकास तालिम सम्पन्न