हाम्रो एकीकृत साकोसको छैठौं सेवा केन्द्र

काठमाडौं । स्वयम्भुमा मुख्य कार्यालय रहेको हाम्रो एकीकृत बचत तथा ऋण सहकारी संस्थाको छैठौं सेवा केन्द्र कीर्तिपुरमा उद्धघाटन भएको थियो । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ नेफ्स्कूनका अध्यक्ष परितोष पौडेलले एक समारोहकाबीच सेवा केन्द्रको उद्धघाटन गर्नुभएको थियो भने उद्धघाटनका क्रममा अध्यक्ष पौडेलले संस्थाले सदस्यमुखी सेवा प्रदान गर्ने बताउदै संस्थामार्फत सदस्यहरुलाई सम्पूर्ण वित्तीय समाधान गर्ने सोच बनाएको जानकारी गराउनुभएको थियो ।

संस्थाका कोषाध्यक्ष शरद वाग्लेले संस्थाको सेवा केन्द्रबाट सदस्यहरुले सहज र ढुक्कसंग कारोबार गर्न आग्रह गर्दै सहकारी विभिन्न प्रकृतिका रहेको हुनाले सदस्यले सहकारी पहिचान गरेर कारोवार गर्नुपर्ने बताउनुभएको थियो । उक्त संस्थाले ४ वर्ष अघि ५ वटा बचत तथा ऋण सहकारी संस्थाहरु एकिकरण गरी पाँच स्थानबाट सेवा प्रवाह गरेको जानकारी गराउदै संस्थाले गत वर्ष उपत्यकाभर कार्यक्षेत्र रहेको कृषि सहकारीलाई एकिकरण गरी कीर्तिपुर, भक्तपुर तथा ललितपुरमा सेवाकेन्द्र थप गरिएको कुरा समेत कोषाध्यक्ष वाग्लेले बताउनुभएको थियो ।

कोषाध्यक्ष वाग्लेले संस्थाको कारोबार बृहत् बनाउँदै ८ हजार सदस्यलाई सेवा प्रवाह गरेको र यो वर्ष संस्थाको कारोबार ६६ कारेडको पुर्याउने लक्ष्य लिएको जानकारी कार्यक्रममा गराउनुभएको थियो भने संस्थाले सदस्यहरुलाई वित्तीय शिक्षाका साथै कीर्तिपुर सेवाकेन्द्रमार्फत लघुवित्त कार्यक्रम सञ्चालन गरी सदस्यलाई उद्यमशिलता विकासमा जोड्ने बताएको थियो । त्यसैगरी सेवाकेन्द्र संयोजक अनिता पौडेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा कीर्तिपुर नगरपालिका वडा-९ का अध्यक्ष गंगाराम महर्जनलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो भने उक्त कार्यक्रमको सहजीकरण संस्थाका प्रमुख कार्यकारी अधिकृत योगेन्द्र साउदले गर्नुभएको थियो ।

 


Posted

in

, ,

by

Tags:

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *