pornjk, pornsam, xpornplease, joyporn, pornpk, foxporn, porncuze, porn110, porn120, oiporn, pornthx, blueporn, roxporn, silverporn, porn700, porn10, porn40, porn900

पोखरामा नेफ्स्कून अभिमुखीकरण कार्यक्रम


कास्की । नेफ्स्कून फिल्ड कार्यालय पोखराको आयोजनामा नेफ्स्कून अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको थियो । नेफ्स्कून सञ्चालक एवं पोखरा फिल्ड कार्यालय संयोजक चण्डीप्रसाद शर्मा पौडेलले अध्यक्षता गर्नुभएको कार्यक्रममा संघकी सञ्चालक कमलादेवी गिरी, जिल्ला बचत सघंका अध्यक्ष भेषराज बराल लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रममा सञ्चालक तथा व्यवस्थापन प्रतिनिधि गरी २२ साकोसका ४२ जनाको उपस्थिति रहेको थियो ।

कार्यक्रमका अध्यक्ष चण्डीप्रसाद शर्मा पौडेलले सहकारीमा धनी व्यक्तिहरु भन्दा पनि गरिब व्यक्तिहरुलाई सदस्य बनाउँदा दिगोपना हुने बताउदै साकोसहरुलाई सञ्जालको महत्व र सहकारी अभियानबारे प्रष्ट पार्नुभएको थियो । उक्त कार्यक्रममा नेफ्स्कून सञ्चालक कमलादेवी गिरीले स्वागत मन्तव्य राख्नुका साथै कार्यक्रम बारे प्रकाश पार्नुभएको थियो भने बचत सघंका अध्यक्ष बरालले साकोसहरुलाई बचत सघं र नेफ्स्कूनमा आवद्ध हुन आग्रह गर्नुभएको थियो ।

त्यसैगरी कार्यक्रममा नेफ्स्कूनको सेवा बारेमा संघका बरिष्ठ कार्यक्रम अधिकृत भरतप्रसाद न्यौपानेले प्रस्तुतिकरण गर्नु भएको थियो भने कार्यक्रम सञ्चालन नेफ्स्कून पोखरा फिल्ड कार्यालयकी इन्चार्ज यमकला सुबेदीले गर्नुभएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

लुम्बिनी साकोसद्वारा निःशुल्क आँखा परिक्षण, २ सय १५ जनाले पाए सेवा
काठमाडौं विश्वविद्यालय र महासंघको सहकार्यमा सहकारी डिप्लोमा कोर्ष सञ्चालन सम्झौता
सहकारीविरुद्धको उजुरी बढेपछि तात्यो काठमाडौं महानगर, जारी गर्‍यो १२ बुँदे निर्देशन
गोल्डेन अर्थ साकोस कर्ब्स कार्यक्रममा आबद्ध