बाग्मती क्लष्टर प्रथमको २३ औं कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला


काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. नेफ्स्कूनद्वारा सञ्चालित प्रोवेसन कार्यक्रम अन्तर्गत बाग्मती क्लष्टर प्रथमको २३ औं कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला चन्द्रागिरी न.पा.काठमाडौं स्थित होस्टे हैंसे साकोसको अयोजना तथा नेफ्स्कूनको प्राविधिक सहयोगमा सम्पन्न भएको थियो । उक्त साकोसका अध्यक्ष दिपक पनेरुको अध्यक्षता तथा नेफ्स्कूनका अध्यक्ष परितोष पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बाग्मती क्लष्टर प्रथममा आवद्ध साकोसहरुका प्रतिनिधि तथा अयोजक साकोसका समेत गरी जम्मा ३० जनाको सहभागिता रहेको थियो भने कार्यशालालाई सम्बोधन गर्दै प्रमुख अतिथि नेफ्स्कून अध्यक्ष पौडेलले वर्तमान अवस्थामा काठमाण्डौं उपत्यकाका केही साकोसहरुमा समस्या देखिएको बताउँदै साकोस अभियानलाई सुदृढीकरण गर्नको लागि साकोसमा आत्म सहयोग, स्वशासन र स्व उत्तरदायित्वको सिद्धान्तलाई आत्मसाथ गरी व्यवहारमा लागू गर्नुपर्ने आवश्यकता औंल्याउनुभएको थियो ।

नेफ्स्कून कार्यक्रम अधिकृत कोमल राज अधिकारीले सहजिकरण गर्नुभएको कार्यशालाको समापन गर्दे आयोजक संस्थाका अध्यक्ष एवं नेफ्स्कूनका कोषाध्यक्ष दिपक पनेरुले सबै साकोसहरुले प्रोवेसन म्यानुअलमा रहेको सूचकहरुलाई आ-आफ्नो बार्षिक एवं रणनीतिक व्यवसायिक योजनामा समावेश गरी कार्यान्वयनमा जानुपर्ने कुरा जोड दिनुभएको थियो भने साकोसको व्यवसायिकीकरण, सदस्य सुरक्षा र संस्थाको गुणस्तर वृद्धिका लागि विभिन्न निर्णयहरु गर्दै आगामी २४ औं कार्यशाला माघ १३ गते पद्मावती साकोस ललितपुरको आयोजनामा सम्पन्न गर्ने निर्णय गर्दै समापन गरिएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नयाँ निर्देशन जारी गर्ने अन्तिम तयारीमा विभाग
उच्चस्तरीय पर्ल्स अनुगमन प्रणाली तालिम सञ्चालन
ललितपुरमा साकोसहरुबीच असल सिकाई आदानप्रदान कार्यक्रम सम्पन्न
साकोसका नगद परिचालक तथा रिसेप्सनिष्टहरुको क्षमता विकास तालिम सम्पन्न