काठमाडौं । हाम्रो एकीकृत बचत तथा ऋण सहकारी संस्थाको सातौ सेवा केन्द्र ललितपुरमा उद्धघाटन भएको थियो । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ नेफ्स्कूनका अध्यक्ष परितोष पौडेलले सेवा केन्द्रको उद्घाटन गर्नुभएको थियो भने उद्घाटनका क्रममा उहाँले हाम्रो एकीकृत मार्फत सदस्यहरुका सम्पूर्ण वित्तीय समाधान सहित समुदायको नमुना सहकारी बनाउने योजनाका साथ सदस्य सेवा विस्तारमा लागेको बताउनुभएको थियो । त्यसेगरी संस्थाका कोषाध्यक्ष शरद वाग्लेले संस्थाको सेवा केन्द्रबाट सदस्यहरुले सहज र ढुक्कसँग कारोबार गर्न आग्रह गर्दै सहकारी विभिन्न प्रकृतिका रहेको हुनाले सदस्यले सहकारी पहिचान गरेर कारोबार गर्नुपर्ने बताउनुभएको थियो ।
उक्त संस्थाको कारोबार बृहत् बनाउँदै ८ हजार सदस्यलाई सेवा प्रवाह गर्ने लक्ष्य रहेको र यो वर्ष संस्थाको कारोबार ६६ करोड पुर्याउने साथै सदस्यहरुलाई वित्तीय शिक्षा सहित कीर्तिपुर सेवाकेन्द्रमार्फत लघुवित्त कार्यक्रम सञ्चालन गरी सदस्यलाई उद्यमशिलता विकासमा जोड्ने लक्ष्य लिएको कुरा समेत कोषाध्यक्ष वाग्लेले बताउनुभएको थियो । त्यसैगरि संस्थाको सदस्य सेवा केन्द्र ललितपुरमा सबै भन्दा पहिलो सदस्य मिना देवी, पहिलो बचत कर्ता सदस्य हिउकला कुवर र सर्वाधिक सेयर खरिद गर्ने सदस्य साबित्रा पुलामी मगर लाई सम्मानित गरिएको थियो ।
उक्त सेवाकेन्द्र व्यवस्थापन उपसमिति सदस्य लक्ष्मी पोख्रेलले अध्यक्षतामा सम्पन्न कार्यक्रममा ललितपुर महाननगरपालिका वडा-१९ का अध्यक्ष बिनोद ताम्राकार लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमलाई संस्थाका प्रमुख कार्यकारी अधिकृत योगेन्द्र साउदले सहजीकरण गर्नुभएको थियो ।
Leave a Reply