तनहुँको तिनखोले साकोस कर्ब्स कार्यक्रममा आवद्ध


तनहुँको खैरेनिटार, शुक्लागण्डकी –७ स्थित तिनखोले साकोस नेफ्स्कूनले सञ्चालन गरेको जोखिममा आधारित साकोस सुपरिवेक्षण कार्यक्रम कर्ब्समा आवद्ध भएको थियो । उक्त सम्झौता कार्यक्रममा नेफ्स्कूनका बरिष्ठ कार्यक्रम अधिकृत भरतप्रसाद न्यौपानले र खैरेनिटार तनहुँ सेवा केन्द्रका व्यवसाय सहायक दिपक आचार्य सहभागी हुनुभएको थियो भने साकोसकातर्फबाट अध्यक्ष शेर बहादुर श्रेष्ठ, उपाध्यक्ष उपेन्द्र तिमिल्सिना, सचिब समुन्द श्रेष्ठ, कोषाध्यक्ष हरिबहादुर थापा, लेखा सुपरिवेक्षण समिति संयोजक श्रीराम सुवेदी र व्यवस्थापक संगिता ठकुरी सहभागी हुनुभएको थियो ।

त्यसैगरी सो साकोसमा २२ करोड बढीको वासलात रहेको र हाल २२६३ सदस्य रहेका छन् भने ११ सदस्यीय सञ्चालक समिति र ३ सदस्यीय लेखा सुपरिवेक्षण समिति रहेका छन् ।

 


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नयाँ निर्देशन जारी गर्ने अन्तिम तयारीमा विभाग
उच्चस्तरीय पर्ल्स अनुगमन प्रणाली तालिम सञ्चालन
ललितपुरमा साकोसहरुबीच असल सिकाई आदानप्रदान कार्यक्रम सम्पन्न
साकोसका नगद परिचालक तथा रिसेप्सनिष्टहरुको क्षमता विकास तालिम सम्पन्न