दोलखाको सातौ वार्षिक साधारण सभा सम्पन्न


दोलखाको जिरी नगरपालिका ५ स्थित एकीकृत फ्रेण्डसिप बचत तथा ऋण सहकारी संस्था लि. को सातौं वार्षिक साधारणसभा विभिन्न कार्यक्रमका साथ सम्पन्न भएको थियो । संस्थाका अध्यक्ष भुमिराज खड्काको अध्यक्षतामा भएको साधारणसभामा संस्थाको वार्षिक प्रगति प्रतिवेदन तथा प्रस्तावित कार्यक्रमहरु सचिव केदारबहादुर जिरेलले प्रस्तुत गर्नुभएको थियो भने १ अर्ब १० करोड २३ लाख ९० हजार बराबरको आर्थिक प्रतिवेदन संस्थाका प्रमुख कार्यकारी अधिकृत रामबहादुर खत्रीले प्रस्तुत गर्नुभएको थियो । सो साधारणसभाको अवसरमा असल ऋणी, नियमित मासिक बचत कर्ता १ सय २० जना अधिकतम शेयरखरिद कर्ता १० जनालाई पुरस्कृत गरिएको थियो भने सभाको उद्घाटन जिरी नगरपालिकाका उपप्रमुख कृष्णमाया बुढाथोकीले पानसमा बत्ती बाल्दै गर्नुभएको थियो । त्यसैगरी सभामा जिरी नगरपालिकाका उपप्रमुख कृष्णमाया बुढाथोकी, संस्थाका अध्यक्ष भुमिराज खड्का उपाध्यक्ष गोपाल जिरेल, सल्लाहकार समितिको सदस्य इन्द्रबहादुर खड्का, नेपाल कम्युनिष्ट पार्टि जिरी नगर कमिटि अध्यक्ष केशवकुमार कार्की, नेपाली काग्रेस जिरी नगर कमिटि सभापति सोनाम शेर्पा, नेपाल कम्युनिष्ट पार्टी जिरी नगर कमिटिका अध्यक्ष नविन जिरेल, नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजबादी जिरी नगर कमिटि अध्यक्ष् शैलेन्द्रबहादुर खड्का लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

उक्त संस्थाले जेष्ठ नागरिकहरूलाई बृद्व भत्ता वितरण गर्दै आएको यस संस्थाले सुत्केरी स्याहार, सदस्यहरूको बिमा, मोवाइल बैकिंङ सेवा, इन्टरनेट बैकिंङ, मिस्डकल बैकिंङ, लगायतका कार्यक्रम गर्दै शेयर सदस्यहरूको मन जितिरहेको र २०४८ सालमा स्थापना भएको फ्रेण्डसिप सहकारी संस्थाले २०७१ सालमा एकै पटक नौ वटा सहकारी संस्थाहरूसँग एकीकरण गरेर एकीकृत फ्रेण्डसिपको नामबाट परिचित सहकारी संस्थाले सदस्यहरूलाई लक्षित गर्दै विभिन्न ६५ वटा शिर्षकमा ऋण लगानी गरेको थियो भने २४ प्रकारमा बचत संकलन गरेको थियो ।

उक्त सहकारी संस्थाले हाल सम्म १४ वटा सहकारी संस्थासँग एकीकरण गरिसकेको र आगामि दिनमा पनि अन्य सहकारीहरूसँग एकीकरण गर्दै आफ्नो सेवालाई थप सहज र सरल बनाउने लक्ष्य लिएको संस्थाका अध्यक्ष भुमिराज खड्काले बताउनुभएको थियो । त्यसैगरी जिरी नगरपालिका वडा नम्बर ५ मा मुख्य कार्यालय रहेको यस संस्थाले रामेछाप जिल्लाको गोकुलगंगा र उमाकुण्ड गाउँपालिका तथा दोलखा जिल्लाको जिरी नगरपालिका, भीमेश्वर नगरपालिका र बैतेश्वर गाउपालिकालाई कार्यक्षेत्र बनाएर सेवा प्रदान गरिरहेको संस्थाले १ करोड २७ लाख ५ हजर १ सय ८२ रुपैया खुद मुनाफा आर्जन गर्न सफल भएको संस्थाका कार्यप्रमुख कार्यकारी अधिकृत रामबहादुर खत्रीले जानकारी दिनुभएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नयाँ निर्देशन जारी गर्ने अन्तिम तयारीमा विभाग
उच्चस्तरीय पर्ल्स अनुगमन प्रणाली तालिम सञ्चालन
ललितपुरमा साकोसहरुबीच असल सिकाई आदानप्रदान कार्यक्रम सम्पन्न
साकोसका नगद परिचालक तथा रिसेप्सनिष्टहरुको क्षमता विकास तालिम सम्पन्न