कुम्भेश्वर महिला साकोसको एघारौं बार्षिक साधारणसभा सम्पन्न


ललितपुर । लतिपुरको बगलामुखीस्थित कुम्भेश्वर महिला बचत तथा ऋण सहकारी संस्था लि. को ११औं बार्षिक साधारण सभा सम्पन्न भएको थियो । उक्त साकोसको कुल कारोबार १७ करोड रहेको र २०६७ सालमा स्थापना भएको महिलाहरुद्वारा सञ्चालित कुभेश्वर महिला साकोसमा कुल ६ सय ७० महिला सदस्यहरु रहेका छन् भने सो बार्षिक साधारण सभामा ५ सय ५० सदस्यहरुको उपस्थिति रहेको थियो ।

उक्त साधारणसभाको उद्घाटन नेफ्स्कूनका अध्यक्ष परितोष पौडेलले गर्नुभएको थियो । उहाँले सहकारीका मुल्य, मान्यता र आदर्शलाई पच्छ्याउँदै समुदाय र सदस्य केन्द्रीत भएर सञ्चालनमा रहेका बचत तथा ऋण सहकारी संस्थाले सदैब सदस्य हितमा काम गर्ने हुँदा सहकारीका सदस्यहरुले ढुक्क भएर सहकारीमा कारोबार गर्न सकिने बताउनुदै सहकारीले गर्ने कामले सदस्यको मुहारमा खुसी छाउनुपर्ने र सदस्यको जीवनस्तरमा सुधार हुनुपर्नेमा जोड दिनुभएको थियो ।

कुल ८५ लाख सेयर पुँजी रहेको उक्त संस्थाको १२ करोड बचत र १३ करोड ऋण लगानी रहेको थियो भने सदस्यता र कारोबारमा बृद्धि सहित संस्थाले यस आ.व.मा लघुवित्त योजनामार्फत स्वरोजगार अभिबृद्धि गर्ने लक्ष्य अगाडि सारेको संस्थाका व्यवस्थापक शान्तालक्ष्मी खड्गीले जानकारी गराउनुभएको थियो । त्यसैगरी सामुदायिक भवनबाट सदस्य सेवा प्रवाह गरिरहेको कुम्भेश्वर साकोसले यसै बर्ष भवन निर्माणको योजना समेत अगाडि सारेको र संस्थामा अध्यक्ष विन्जु खड्काको अध्यक्षतामा ७ सदस्यीय सञ्चालक समिति र ३ सदस्यीय लेखा सुपरिवेक्षण समिति रहेको थियो ।

 


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नेफ्स्कूनद्वारा सदस्य संघ संस्थाहरूका लागि “एकीकृत स्वनियम मार्गनिर्देशन–२०७९” जारी
“एकीकृत साकोस सञ्जालका लागि साझा प्रविधि” भन्ने यस बर्षको अभियानको थिम सार्वजनिक
सहकारी विभागद्वारा सहकारी संघ संस्था र सदस्यहरुका लागि निर्देशन जारी
दोलखामा कोपोमिस तालिम सञ्चालन