ललितपुरको आठौं कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला

काठमाडौं । नेफ्स्कूनका अध्यक्ष परितोष पौडेलले सम्पूर्ण वित्तीय सुरक्षाको जिम्मा लिएर सदस्यका सम्पूर्ण पैसा आफ्नै संस्थामा राख्‍न साकोसले जागरण अभियान चलाउनुपर्ने बताउनुभएको थियो । उक्त उद्यमशिलता विकास र आयआर्जनसँग जोडिएर प्रत्येक सदस्यको बृद्धि विकासमा साकोसले काम गर्नुपर्ने र जोखिममा आधारित साकोस सुपरिवेक्षण कार्यक्रम कर्ब्स अन्तर्गत ललितपुर पहिलो समुहको आठौं कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशालामा बोल्दै अध्यक्ष पौडेलले बताउनुभएको थियो ।

त्यसैगरी नवदुर्गा साकोस ठेचोको आयोजनामा सम्पन्न कार्यक्रममा आयोजक साकोसका अध्यक्ष न्हुछेराम महर्जनको अध्यक्षता र नेफ्स्कूनका अध्यक्ष परितोष पौडेलको प्रमुख आतिथ्यमामा कार्यक्रम सुरु भएको थियो । उक्त कार्यक्रममा समता साकोस, शिक्षक हित साकोस, शाक्य्पुच साकोस, अष्टमातृका साकोस, नबदुर्गा साकोस, दीपावती साकोस, जागरुक महिला साकोस र ब्रह्रमपुरी साकोसबाट कर्ब्स कार्यक्रम सम्बन्धी प्रस्तुतीकरण र साकोस जोखिम न्यूनीकरण सम्बन्धमा सहभागीहरुबाट प्रतिबद्धता जाहेर भएको थियो भने कार्यक्रममा क्लष्टरमा सहभागी साकोसहरुबाट ३० जनाको उपस्थिति रहेको थियो ।

 


Posted

in

, ,

by

Tags:

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *