भक्तपुरमा हाम्रो एकीकृत साकोसको आठौंं सेवा केन्द्र

मुख्य कार्यालय रहेको हाम्रो एकीकृत बचत तथा ऋण सहकारी संस्था लि. को आठौंं सेवा केन्द्र भक्तपुरमा उद्घाटन भएको थियो । उक्त कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय सहकारी महासंघका सञ्चालक टेकप्रसाद चौलागाइले सेवा केन्द्रको उद्घाटन गर्नुभएको थियो भने कार्यक्रममा प्रमुख अतिथि चौलागाईं, विषेश अतिथि राष्ट्रिय युवा परिषद्का निवर्तमान कार्यकारी उपाध्यक्ष माधव ढुंगेल, जिल्ला सहकारी संघ लि. काठमाडौका उपाध्यक्ष खेमराज सुबेदी, सुर्यविनायक नगरपालिका–२ का वडा अध्यक्ष कमलनाथ आचार्य लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

उद्घाटनका क्रममा संस्थाका अध्यक्ष परितोष पौडेलले संस्थाले सदस्यमुखी सेवा प्रदान गर्ने र संस्थामार्फत सदस्यहरुलाई सम्पूर्ण वित्तीय समाधान गर्ने सोच बनाएको जानकारी गराउनुभएको थियो । उक्त संस्थाका उपाध्यक्ष रामहादुर कट्वालले संस्थाको विगत र भावी रणनितिक योजनाबारे प्रकाश पार्दै कार्यक्रममा उपस्थित अतिथिहरुलाई स्वागत गर्नुभएको थियो भने संस्थाका कोषाध्यक्ष शरद वाग्लेले संस्थाको सेवा केन्द्रमार्फत ढुक्कसँग कारोबार गर्न सम्पूर्ण सदस्यहरुलाई अनुरोध गर्दै समुदायमा विविध प्रकृतिका सहकारीहरु सञ्चालनमा रहेको जानकारी गराउँदै विश्वासिलो र उत्कृष्ट सहकारीमा मात्रै बचत तथा ऋणको कारोबार गर्न सदस्यहरुलाई सचेत गराउनुभएको थियो ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. नेफ्स्कूनद्वारा प्रवर्धित साकोस गुणस्तर सुनिश्चितताको कार्यक्रम प्रोवेशनमा सहभागी हाम्रो एकीकृत साकोसले सम्पूर्ण वित्तीय समाधान सहित सदस्यहरुका लागि दीर्घकालिन सेवा तथा सुविधा ल्याएको र संस्थाको कारोबार बृद्धि गरी यस बर्ष करिब ६६ करोड पुँजी पुर्याउने लक्ष्य राखि सदस्यहरुलाई वित्तीय शिक्षा सहित भक्तपुर सेवाकेन्द्रमार्फत लघुवित्त कार्यक्रम सञ्चालन गरी उद्यमशिलता विकासमा जोड्ने योजना समेत अगाडि सारिएको कुरा कोषाध्यक्ष वाग्लेले सो कार्यक्रममा बताउनुभएको थियो ।


Posted

in

, ,

by

Tags:

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *