शुभकामना साकोस प्रोवेसन कार्यक्रममा आबद्ध

कास्की । पोखरा ८ सृजनाचोकस्थित शुभकामना बचत तथा ऋण सहकारी संस्था लि. प्रोबेसन कार्यक्रममा आबद्ध भएको थियो । संस्थालाई नीति, विधि र प्रविधि अनुरुप थप व्यवसायिक र सुशासित बनाउन छाता संघ नेफ्स्कूनले सञ्चालन गरेको साकोसहरुको स्तरीकरणसम्बन्धी पूर्ण तथा व्यवसायिक साकोस विकास कार्यक्रम प्रोबेसनमा आबद्ध भएको संस्थाका व्यवस्थापक अशोक बस्नेतले जानकारी गराउनुभएको थियो । उक्त  कार्यक्रममा नेफ्स्कूनकोतर्फबाट पोखरा फिल्ड कार्यालय इन्चार्ज यमकला सुवेदी, कार्यक्रम अधिकृत सूर्यप्रसाद तिमिल्सिना, बरिष्ठ सहायक दिप्ती आचार्य सहभागी हुनुभएको थियो भने शुभकामना साकोसकोतर्फबाट अध्यक्ष गोकर्ण बरुवाल र व्यवस्थापक अशोस बस्नेत सहभागी हुनुभएको थियो ।

२०६६ सालमा स्थापित शुभकामना साकोसमा हाल ५ सय ५३ सदस्य, करिब ४ करोड ४० लाख सेयर पुँजी, ११ करोड बचत, ११ करोड ऋण लगानी रहेको छ भने ४ जना कर्मचारी रहेको उक्त साकोसले मुख्य कार्यालय सृजनाचोकमार्फत मात्रै सदस्य सेवा प्रदान गर्दै आइरहेको थियो ।


Posted

in

, ,

by

Tags:

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *