साकोस नेतृत्वको सोचमा परिवर्तन आवश्यक


काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.नेफ्स्कूनका महासचिव दामोदर अधिकारीले जसरी कुमालेले काँचोमाटोलाई आफ्नो सोच र विचार अनुसारको आकारमा परिवर्तन गरेजस्तै साकोसका नेतृत्वले आफ्नो सोच मार्फत सदस्यको जिवनस्तरमा सकारात्मक परिवर्तन ल्याउने गरी कार्य गर्नुपर्नेमा जोड दिनुभएको थियो । नेफ्स्कूनद्वारा सञ्चालित प्रोवेसन कार्यक्रम अन्‍तर्गत बाग्मती क्लष्टर दोस्रोको १६ औं कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशालालाई सम्बोधन गर्दै महासचिव अधिकारीले साकोस अभियानलाई व्यवस्थित सुदृढीकरणका लागि नेतृत्वले वित्तीय असल आचरणमा बस्नुपर्ने बताउनुभएको थियो भने उक्त कार्यक्रमको अध्यक्षता आयोजक साकोसका अध्यक्ष तुल्सीभक्त श्रेष्ठले र प्रमुख आतिथ्यता महासचिव दामोदर अधिकारीले गर्नुभएको थियो ।

उक्त कार्यक्रमको प्रमुख अतिथि अधिकारीले साकोस अभियानका विद्यमान समस्या तथा चुनौतिहरुको समाधान गर्दै अभियानको सृदृढीकरण र गुणस्तरियता वृद्धिका लागि नेफ्‍स्कूनले संघीय तथा सबै प्रदेशका रजिष्ट्रारहरुसँग एकै ठाउँमा बसी कानुनी निकास निकाल्न पहल गरिएको जानकारी गराउदै साकोसहरुमा अन्तर्राष्ट्रिय असल अभ्यासहरु हस्तान्तरण गर्दै आएको नेफ्स्कूनले साकोसको वित्तीय स्वस्थता र छवि निर्माणका लागि सञ्चालनमा ल्याएका गुणस्तर सुनिश्चितताका कार्यक्रमहरुको सफलतामाथी प्रकाश पार्नुभएको थियो ।

त्यसैगरी कार्यक्रममा बाग्मती क्लष्टर दोस्रोमा आवद्ध साकोसहरुका प्रतिनिधि तथा अयोजक साकोस समेत गरी जम्मा ४५ जनाको सहभागिता रहेको थियो भने नेफ्स्कूनका कार्यक्रम अधिकृत कोमलराज अधिकारीले सहजिकरण गर्नुभएको उक्त कार्यक्रममा साकोसको व्यवसायिकीकरण, सदस्य सुरक्षा र संस्थाको गुणस्तर वृद्धिका लागि विभिन्न निर्णयहरु सहित आगामी १७ औं कार्यशालाको मिति तय गर्दै कार्यक्रम समापन भएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नेफ्स्कूनद्वारा सदस्य संघ संस्थाहरूका लागि “एकीकृत स्वनियम मार्गनिर्देशन–२०७९” जारी
“एकीकृत साकोस सञ्जालका लागि साझा प्रविधि” भन्ने यस बर्षको अभियानको थिम सार्वजनिक
सहकारी विभागद्वारा सहकारी संघ संस्था र सदस्यहरुका लागि निर्देशन जारी
दोलखामा कोपोमिस तालिम सञ्चालन