सहकारी समन्वय सञ्‍जालको ४७ औं बैठक सम्पन्न


सहकारी सम्बन्धी विभिन्न समसामयिक विषयहरुमाथि निर्णय गर्दै सहकारी समन्वय सञ्जालको ४७ औं बैंठक सम्पन्न भएको थियो । सो बैंठक राष्ट्रिय सहकारी महासंघ तथा सहकारी समन्वय सञ्जालका अध्यक्ष मिनराज कंडेलको अध्यक्षतामा महासंघको तालिम हल, ललितपुरमा सम्पन्न भएको थियो भने बैंठकलाई संबोधन गर्दै अध्यक्ष कंडेलले सहकारी क्षेत्रका कमी कमजोरीहरुलाई केलाएर अगाडि बढ्न आवश्यक भएको र उत्पादन र प्रशोधनको क्षेत्रमा पनि सहकारी धेरै राम्रा कामहरु गरिरहेको बताउनुभएको थियो । त्यसैगरी महासंघले तय गरेको १० वर्षे रणनीतिमाथि प्रकाश पार्दै अध्यक्ष कंडेलले दीगो र मर्यादित सहकारी अभियानका लागि आम सहकारीकर्मीहरुको एउटै आवाज र एउटै गति हुनुपर्ने कुरामा जोड दिदै सहकारी मार्फत गरिबी न्यूनिकरण भएको बताउँदै नेपालको गरिबीलाई २८ बाट १९ प्रतिशतमा झार्न सहकारी अभियान सफल भएको बताउनुभएको थियो ।

सहकारी तथा गरिबी निवारण मन्त्रालयका उप सचिव चोमिन्द्र न्यौपानेले तालुकवाला मन्त्रालय वा नियमक निकायहरुको आलोचना मात्र नगरी सहकारी अभियानले निकास दिनुपर्ने कुरा बताउँदै सहकारी ऐन,२०७४ संशोधनका लागि सरोकारवालाहरु सबैंको एउटै धारणा बन्नुपर्ने बताउनुभएको थियो भने सहकारी क्षेत्रको क्षमता विस्तारका कामहरु भइरहेको र त्यसको लागि प्रथम जनशक्तिको विकास जरुरी रहेको बताउँदै उहाँले सरकारी नियमक निकाय र सहकारी अभियानले संयुक्त रुपमा अनुगमन र नियमन कार्यलाई सशक्त बनाउनुपर्ने कुरामा जोड दिदै सोही बैठकमा राष्ट्रिय सहकारी बैंक लि.का अध्यक्ष महासंघका सञ्चालक के.बी. उप्रेतीले समन्वय सञ्जालको बैठकको सहभागीतालाई अर्थपूर्ण बनाउन आग्रह गर्दै सहकारी विस्तारै व्यवसायिकतातिर अग्रसर भइरहेको बताउनुभएको थियो ।

महासंघका सञ्चालक एवं नेपाल कृषि सहकारी केन्द्रीय संघ लि. का अध्यक्ष खेमबहादुर पाठकले सहकारी क्षेत्रमा ब्यप्त बिकृति र बिसंगतिहरुलाई नियन्त्रण गर्न जरुरी रहेको आवश्यकता औल्याउँदै कृषकको पीडालाई सरकारले कम गर्न विभिन्न कार्यक्रमहरु ल्याउनुपर्ने बताउदै सञ्जालका सदस्य सचिव तथा महासंघका नायब महाप्रबन्धक बाबुल खनालले सञ्चालन गर्नुभएको सो बैठकमा राष्ट्रिय सहकारी विकास बोर्डका विजय चापागाईं, कृषि विभागका वरिष्ठ बागवानी अधिकृत रिती सिंह,पशुसेवा विभागका वरिष्ठ पशु विकास अधिकृत डा. इन्दिरा शर्मा, राष्ट्रिय चिया तथा कफी विकास बोर्डका निर्देशक दीपक खनाल, राष्ट्रिय दुग्ध विकास बोर्डका योजना अधिकृत दिपेन्द्र अधिकारी,सिएमडिपीका प्रकाश घिमिरे, एग्रिकल्चर नेपालका त्रिजन सिं, साना किसान लघु वित्त संस्थाका नायब प्रमुख कार्यकारी अधिकृत झलेन्द्र भट्टराई, इयु टिसिएफ एड्सका डा. बद्री बास्ताकोटी,आइएलओ कन्ट्री अफिस नेपालका संयोजक प्रकाश शर्मा, एग्रिटेरा नेपालका स्वच्छा कटुवाल, स्वाबलम्बनका सागर थापाले आ–आफ्नो मन्तव्य ब्यक्त गर्नुभएको थियो ।

त्यसैगरी केन्द्रीय पशुपालन सहकारी संघका अध्यक्ष बाबुराम अधिकारी, जुनार केन्द्रीय सहकारी संघका अध्यक्ष दीपकप्रसाद कोइराला,नेपाल पर्यटन केन्द्रीय सहकारी संघका अध्यक्ष रामशरण घिमिरे, नेपाल केन्द्रीय सुपारी सहकारी संघका सदस्य हरि दाहाल, केन्द्रीय दुग्ध सहकारी संघ लि.का कोषाध्यक्ष कृष्णप्रसाद सापकोटा, नेपाल मौरीपालन केन्द्रीय सहकारी संघका अध्यक्ष अर्जुनप्रसाद पोख्रेल, नेपाल केन्द्रीय जडिबुटी सहकारी संघका अध्यक्ष इश्वरीप्रसाद पाण्डे, नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघका सचिव माधवप्रसाद तिमिल्सिना, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघका वरिष्ठ अधिकृत नविनराज दाहाल, जिएनआई नेपालका जीविकोपार्जन संयोजक शिवशंकर शर्मा लगायत संम्पूर्णले आ–आफ्नो मन्तव्य ब्यक्त गर्नुभएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नेफ्स्कूनद्वारा सदस्य संघ संस्थाहरूका लागि “एकीकृत स्वनियम मार्गनिर्देशन–२०७९” जारी
“एकीकृत साकोस सञ्जालका लागि साझा प्रविधि” भन्ने यस बर्षको अभियानको थिम सार्वजनिक
सहकारी विभागद्वारा सहकारी संघ संस्था र सदस्यहरुका लागि निर्देशन जारी
दोलखामा कोपोमिस तालिम सञ्चालन