अलैँचीको भाउ पाएपछि किसान मक्ख

बरेङ गाउँपालिका–२ हुग्दीशिरका किसानले यसपालि अलैँची बेचेर रु २२ लाख छ हजार ५०० भित्र्याएका थिए भने नमूना अलैँची उत्पादक कृषक समूहमा आबद्ध किसानहरुले २० क्विन्टल अलैँची फलाएका थिए । अलैँचीबाट तुलसीराम पौडेलले सबैभन्दा बढी रु पाँच लाख कमाउनुभएको थियो भने विमल पौडेलले रु तीन लाख कमाउनुभएको थियो । अलैँचीले भाउ राम्रो पाएपछि किसानको कमाइ बढेको र अघिल्लो वर्ष प्रतिकिलो अलैँचीलाई जम्मा रु ६०० मा बेचेका किसानले यो वर्ष रु एक हजार १५० सम्म मूल्य पाएका छन् । उक्त समुहका अदक्ष्यले गुणस्तरीय उत्पादन दिन सके अलैँचीको बजार राम्रो रहेको भनि समूहले २०० रोपनी जग्गामा विगत छ वर्षदेखि अलैँचीको व्यवसायिक खेती गर्दै आएको र उक्त अलैँची बेचेर वार्षिक आउने आम्दानीलाई किसानले आफ्नो उत्पादन अनुसार बाँडेर लिएको बताउनुभएको थियो भने बरेङमै सबैभन्दा धेरै क्षेत्रफलमा अलैँची खेती गरेको उक्त समूहमा १९ जना किसान आबद्ध छन् भने सो समूहलाई अलैँची सुकाउने उपकरण खरिद, बगान विस्तारलगायतमा कृषि ज्ञान केन्द्र र गाउँपालिकाले अनुदान सहयोग दिएको थियो ।

अलैँची व्यवसायी महासङ्घका केन्द्रीय सदस्य केदार आचार्यले यो वर्ष उत्पादनमा ह्रास आएकाले अलैँचीको बजार मूल्य बढेको र अलैँची निर्यात हुने प्रमुख देश भारतका व्यापारीले पनि बढी मूल्य तिरेरै भए पनि नेपालको अलैँची खरिद गर्न तयार भएको बताउनुभएको थियो । उक्त अलैँची काठमाडौँ हुँदै भारत, बङ्गलादेशलगायतका ठाउँमा निर्यात भएको र कतिपयले सिधै पूर्वी नाका काँकडभिट्टा पुर्याएर भारतीय व्यापारीलाई अलैँची बेची भारतीय बजारमा पुग्ने नेपाली अलैँची मसला, सौन्दर्य सामग्री, आयुर्वेदिक औषधिलगायतमा प्रयोग भएको बताउनुभएको थियो ।

कृषि ज्ञान केन्द्रका प्रमुख भानुभक्त भट्टराईले अन्तर्राष्ट्रिय बजारमा माग बढेको र निर्यात पनि सहज भएका कारण नेपाली अलैँचीले मूल्य पाएको बताउदै अलैँचीका ठुला व्यापारीले एक वर्ष मूल्य बढाउने र अर्को वर्ष फेरि घटाउने प्रवृत्ति बजारमा देखा पर्ने समेत उल्लेख गर्नुभएको थियो । त्यसैगरी यो वर्ष राम्रो कमाइ हुने देखेर किसान अलैँची खेतीतिर आकर्षित भएकोले सरकारी अनुदान सहायताले पनि किसानलाई अलैँची खेतीतिर लाग्न प्रोत्साहित गरिरहेको थियो भने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत सञ्चालित कार्यक्रममार्फत किसानले अलैँची खेतीमा अनुदान र तालिम पाएका थिए ।


Posted

in

, ,

by

Tags:

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *