सिन्धुपाल्चोकमा ऋण व्यवस्थापन तालिम सुरु


सिन्धुपाल्चोक । नेफ्स्कून बाग्मती प्रदेश कार्यालय बनेपा, काभ्रेपलाञ्चोकको आयोजनामा बाह्रबिसेमा ऋण व्यवस्थापन तालिम सुरु भएको थियो । उक्त तालिमको उद्घाटन सहभागीहरुमध्ये ज्येष्ठ उमेरका बिष्णुप्रसाद श्रेष्ठले ब्यानरमा हस्ताक्षरका साथ गर्नुभएको थियो भने नेफ्स्कूनका तालिम अधिकृत सुमनराज घिमिरे तथा व्यवसाय अधिकृत रामप्रसाद सापकोटाको सहजीकरण रहको तालिममा सिन्धुपाल्चोक जिल्लाका १७ बचत तथा ऋण सहकारी संस्थाका २२ जनाको सहभागिता रहेको थियो ।

नेफ्स्कूनले सिन्धुपाल्चोकमा ऋण व्यवस्थापन विषयमा यो वर्ष सञ्चालन गरेको पहिलो तालिम थियो । त्यसैगरी तालिममा साकोसका लागि सबैभन्दा महत्वपूर्ण र संवेदनशील विषय ऋण, त्यसको व्यवस्थापन, ऋणको प्रकार र वर्गीकरण, ऋण लगानीका क्षेत्रहरु एवम् यसको पोर्टफोलियो व्यवस्थापन, ऋणका कानुनी पक्ष तथा जटिलताहरु, ऋणका सम्बन्धमा विद्यमान सहकारी ऐन तथा कानुनका व्यवस्थाहरु, भाखा नाघेको ऋण, भाखा नाघ्नुका कारणहरु, ऋण जोखिम कोष र यसको हिसाब, ऋण लगानीका आधारहरु, लगायत विविध विषयमा सैद्धान्तिक र प्रयोगात्मक रुपमा सहजीकरण गरिने सहजकर्ता घिमिरे र सापकोटाले बताउनुभएको थियो ।

त्यसैगरी ऋण लगानीको सही व्यवस्थापन साकोसको संस्थागत विकासको दरिलो आधार भएकाले उक्त विषयमा सिन्धुपाल्चोक जिल्लाका साकोसहरुको मागका आधारमा तालिम कार्यक्रम राखिएको नेफ्स्कून बनेपा फिल्ड कार्यालय इन्चार्ज एवम् कार्यक्रमका सहजकर्तामध्येका एकराम सापकोटाले साकोस आवाजलाई बताउनुभएको थियो भने अर्का सहजकर्ता नेफ्स्कून तालिम अधिकृत सुमनराज घिमिरेले ऋण लगानी, यसका क्षेत्रहरु, पछिल्लो समयमा बचत ऋण सहकारीहरुबाट सरकार एवम् समग्र सहकारी अभियानको अपेक्षा आदि विषयका साथै ऋणका सम्बन्धमा असल अन्तर्राष्टिय अभ्यासहरुलाई समेत समेटेर सहजीकरण गरिने उल्लेख गर्नुभएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नयाँ निर्देशन जारी गर्ने अन्तिम तयारीमा विभाग
उच्चस्तरीय पर्ल्स अनुगमन प्रणाली तालिम सञ्चालन
ललितपुरमा साकोसहरुबीच असल सिकाई आदानप्रदान कार्यक्रम सम्पन्न
साकोसका नगद परिचालक तथा रिसेप्सनिष्टहरुको क्षमता विकास तालिम सम्पन्न