जनधन साकोसको १३ औं बार्षिक साधारण सभा सम्पन्न


 

जनधन साकोस,कालिमाटीको १३ औं बार्षिक साधारण सभा जिल्ला सहकारी संघ लि. काठमाडौंका अध्यक्ष श्री ज्ञानबहादुर तामाङ ज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको  थियो । उक्त कार्यक्रममा अतिथिका रुपमा पशुपति विकास कोषका उपनिर्देशक रेवतीरमण अधिकारी,तरकारी फलफूल साकोसका अध्यक्ष उज्वल कार्की,समाजसेवी अमरबहादुर श्रेष्ठ,समुन्नत नेपालका अध्यक्ष बावुराम आचार्य ,नेफ्स्कूनका तालिम अधिकृत सुमनराज घिमिरे,राष्ट्रिय सहकारी बैंक लि.  कालिमाटी शाखा प्रमुख दिव्य के.सी , कास्कून कलंकी शाखाप्रमुख सबिना न्यौपाने ,मधुबन प्रकाशपुर सरोकार समाजका निअध्यक्ष खड्गबहादुर राउत लगाएतको उपस्थिति रहेको थियो ।

त्यसैगरी नेफ्स्कूनका तालिम अधिकृत सुमनराज घिमिरे र राष्ट्रिय सहकारी बैंक लि.,कालिमाटी शाखा प्रमुख दिव्य केसीलाई सम्मानित गरिएको थियो भने एकल महिला सम्मान कार्यक्रममा पार्वती लामा,जेष्ठ सदस्य सम्मानमा केदारप्रसाद उप्रेती ,उत्कृष्ट बालबचत सदस्य सम्मानमा प्रसुना बस्नेत ,उत्कृष्ट बचत सदस्यमा अम्बिका पन्त कोईराला र उत्कृष्ट ऋणी सदस्य सम्मानमा बद्रीप्रसाद दाहाललाई सम्मान गरिएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नेफ्स्कूनद्वारा सदस्य संघ संस्थाहरूका लागि “एकीकृत स्वनियम मार्गनिर्देशन–२०७९” जारी
“एकीकृत साकोस सञ्जालका लागि साझा प्रविधि” भन्ने यस बर्षको अभियानको थिम सार्वजनिक
सहकारी विभागद्वारा सहकारी संघ संस्था र सदस्यहरुका लागि निर्देशन जारी
दोलखामा कोपोमिस तालिम सञ्चालन