सहकारीमार्फत नै कृषिको रुपान्तरण हुन्छ–अर्थमन्त्री महत


नवलपरासी,मंसिर १४ । अर्थमन्त्री रामशरण महतले सहकारीमार्फत नै कृषिको रुपान्तरण हुने बताउनुभएको छ । सहकारीमार्फत कृषिको विकास गर्न सकिने उहाँको भनाई थियो ।
बिकु बचत तथा ऋण सहकारी संस्था गैडाकोटको २५ सौं वार्षिक साधारण सभामा बोल्दैअर्थमन्त्री महतले सहकारीले नै कृषिमा देशलाई आत्मनिर्भर बनाउन सकिने बताउनुभयो । सहकारीले नेपालको गरिब र धनीबीचको खाडल घटाउन सक्ने पनि उहाँको भनाई थियो ।
‘‘कृषि क्षेत्रको व्यवसायीकरण, बजारीकरण, आधुनिकीकरणका लागि सहकारीको भूमिका बढाउन आवश्यक छ’ मन्त्री महतले भन्नुभयो । कृषि उत्पादनमा जोड दिने सहकारीलाई सरकारले विशेष सुविधा निद सक्नेसमेत बताउनुभयो । अर्थमन्त्री महतले निर्यात वृद्धिबिना कुनै पनि मुलुकको आर्थिक प्रगति नहुने भन्दै निर्यात बढाउन प गुणस्तरीय उत्पादन गर्नुपर्नेमा जोड दिनुभयो । सहकारीले सही ढंगले उत्पादन गर्न सक्यो भने कृषिजन्य सामान निर्यात गर्न सकिने उहाँको भनाई थियो ।

निर्यात बढाएपछि मात्र नेपालको अन्य मुलुकसँगको करिब ६ खर्बको व्यापारघाटा घटाउन सकिने उहाँको भनाई थियो । अर्थमन्त्री महतले बैंकिङ कारोबार नगर्ने, कृषि क्षेत्रमा काम गर्ने सहकारी संस्थालाई करबाटमुक्त गराएको बताउनुभयो । सहकारीलाई कृषिमा समाहित गर्न र कृषिको प्रवद्र्वन गर्न सहकारीलाई करछुट नीति अबलम्बन गरिएको उहाँको भनाई थियो । जलविद्युत, कृषि, पर्यटन, उद्योगमा लगानीकर्ताको आकर्षण बढेको र केही वर्षभित्र नतिजामुलक लाभ लिन सकिने उहाँको दाबी थियो । 

buku tulsi

कांग्रेस केन्द्रीय सदस्य तथा सभासद डा. सशांक कोइरालाले सीमान्तकृत बस्तीमा सहकारीले गरेका काम सबैका लागि प्रेरणाको स्रोत बनेको बताउनुभयो । बिकुले यस भेगमा उदाहरणीय काम गरेकोमा प्रसंसमा समेत गर्नुभयो ।
राष्ट्रिय सहकारी संघका अध्यक्ष केशव बडालले सहकारीलाई संसारमै कर नलगाइएको भन्दै नेपालमा पनि कर नलगाउन र लगाउँदा पनि कम लगाउनुपर्नेमा जोड दिनुभयो । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी (नेफ्स्कुन) का अध्यक्ष ऋषिराज घिमिरेले सहकारी संस्थाहरुमा कम कर लगाए बढी असुल हुने बताउनभुयो ।
बिकु सहकारीका अध्यक्ष हरिलाल सापकोटा अहिले करिब एक अर्ब निक्षेप परिचालन गरिरहेको र करिब १५ हजार सेयरधनीलाई सेवा पुर्यासइरहेको बताउनुभयो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

मिलिजुली कालिञ्चोक साकोसद्वारा क्यूआर कोड सेवा सुरु
पोखरामा सहकारीको संयुक्त रक्तदान कार्यक्रमः ६२ युनिट रगत संकलन
सहकारी अनुगमन प्रभावकारी बनाउन समितिद्वारा कर्मचारीहरुलाई तालिम
अमर साकोसका कर्मचारीहरुको क्षमता विकास आधारभूत तालिम सम्पन्न