चन्द्रपुर ५, रौतहटस्थित संकल्प साकोसको संस्थागत विकास तालिम सम्पन्न भएको थियो । उक्त तालिम चितवनको सौराहमा आयोजना गरिएको थियो भने तालिम उद्घाटन प्रमुख अतिथि नेफ्स्कूनकी उपाध्यक्ष शान्ति अधिकारीले गर्नुभएको थियो ।
त्यसैगरी उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि अधिकारीले सहकारीमा सुशासन ,सञ्चालकहरुको दायित्व तथा भूमिका, व्यवसायिक रणनीति योजनाको निर्माण जस्ता पक्षमा प्रकाश पार्दै सहभागीहरुलाइ हौसला प्रदान गर्नु भएको थियो ।
तालिमको सहजीकरण नेफ्स्कूनका तालिम विभाग प्रमुख गणेश तिमिल्सिना तथा तालिम अधिकृत बिदुर खड्काले गर्नुभएको थियो भने तालिममा बर्तमान तथा निबर्तमान संचालक ,लेखा तथा सुपरिवेक्षण समिति,सल्लाहकार समिति ,कर्मचारी तथा विभिन्न उपसमितिका ३० जना सदस्यहरुको सहभागिता रहेको थियो ।
Leave a Reply