सहकारी लेखा व्यवस्थापन तालिम


 

राष्ट्रिय सहकारी महासंघका महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बाले सहकारी संस्थालाई दिगो बनाउनका लागि मर्यादित र सुशासित हुन आवश्यक रहेको औल्याउनुभएको थियो । उहाँले सहकारी संघ-संस्थालाई सुशासित बनाउनका लागि महासंघको कार्यक्रम तथा गतिविधिहरु केन्द्रीत रहेको बताउदै महासंघद्वारा आयोजीत सहकारी लेखा व्यवस्थापन तालिमको उद्घाटन गर्दै महाप्रबन्धक सुब्बाले सहकारी संघ-संस्था दर्ता गर्नु ठूलो कुरा नभइ यसलाई व्यवस्थित रुपमा सञ्चालन गर्नु महत्वपूर्ण रहेको बताउनुभएको थियो ।

उक्त तालिममा सात प्रदेशका सहकारीका सञ्चालक, लेखा सुपरिवेक्षण समितिका सदस्य, कर्मचारी, लेखापाल, स्थानीय तहका सहकारी हेर्ने कर्मचारीहरुको सहभागीता रहेको थियो भने तालिमको उद्घाटन कार्यक्रममा महासंघका बरिष्ठ प्रबन्धक गोपीकृष्ण भण्डारी, अनुगमन अधिकृत अच्युक्तम थापालगायतको समेत उपस्थिति रहेको थियो । त्यसैगरी तालिममा नायव महाप्रबन्धक बाबुल खनाल, वरिष्ठ प्रबन्धक गोपीकृष्ण भण्डारी, लेखा अधिकृत तेजप्रसाद गौतम, सञ्चार अधिकृत रामसुदन तिमिल्सिना लगायत सम्पुर्णले शिक्षण दिनुभएको थियो ।

 


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नयाँ निर्देशन जारी गर्ने अन्तिम तयारीमा विभाग
उच्चस्तरीय पर्ल्स अनुगमन प्रणाली तालिम सञ्चालन
ललितपुरमा साकोसहरुबीच असल सिकाई आदानप्रदान कार्यक्रम सम्पन्न
साकोसका नगद परिचालक तथा रिसेप्सनिष्टहरुको क्षमता विकास तालिम सम्पन्न