उपलब्धिको १३औं वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं । उपलब्धि बहुउद्देश्यीय सहकारी संस्थाको १३ औं वार्षिक साधारणसभा सम्पन्न भएको थियो । उक्त सभामा पूर्वरक्षामन्त्री भीमसेनदास प्रधानको प्रमुख आतिथ्यमा सम्पन्न साधारणसभामा आख्यानपुरुष ध्रुवचन्द्र गौतम, वरिष्ठ पत्रकार प्रा. पुरुषोत्तम दाहाल, नेपाल बचत तथा ऋण केन्द्रीय संघ नेफ्स्कुनका उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, राष्ट्रिय सहकारी महासंघका सञ्चालकद्वय राजेन्द्र पौडेल, टेकप्रसाद चौलागाईं, काठमाडौ बचत तथा ऋण सहकारी संघ कास्कुनका कोषाध्यक्ष निरञ्जन सेढाईं, आख्यानकार ध्रुव सापकोटा, वरिष्ठ साहित्यिक पत्रकार नगेन्द्रराज शर्मा लगायत सहकारी क्षेत्रका मूर्धन्य व्यक्तिहरुको सहभागिता रहेको थियो ।


संस्थाका अध्यक्ष देवराज शर्माले आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने उक्त साधारणसभामा आफ्ना सेयर सदस्यहरुलाई पाँच प्रतिशत लाभांश पारित गरेको र सभामा एसइइमा उत्कृष्ट अंक ल्याउने संस्थाका सदस्यका सन्ततीहरुलाई शैक्षिक पुरस्कार एवम् प्रशंशा पत्र समेत दिइएको थियो ।

उक्त साधारणसभाले विपिन शर्माको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको थियो । त्यसैगरी संस्थाको उपाध्यक्षमा रोशन थापा, सचिव अनिल खनाल, कोषाध्यक्षमा कृष्णप्रसाद भट्टराई निर्वाचित हुनुभएको थियो भने सञ्चालकमा सानुराजा शिल्पकार, नवीन पोख्रेल, सीता दाहाल पौडेल, विनु सुवेदी, गिता सिलवाल पन्त निर्वाचित हुनुभएको थियो ।

त्यसैगरी कृष्णप्रसाद आचार्यको संयोजकत्वमा गिता बराल, यादवकुमार भट्टराई सदस्य रहेको लेखासुपरीवेक्षण समिति गठन भएको थियो भने शिक्षा उपसमितिमा कमलराज अधिकारी र रीता परियार, ऋण उपसमितिमा अनुजा न्यौपाने र शेषराज आचार्य सदस्यमा चुनिनुभएको थियो ।


उक्त साधारणसभाका अवसरमा उपलब्धि पत्रकारिता पुरस्कारबाट पत्रकार अर्जुनबाबू दाहाललाई सम्मान गरिएको थियो । त्यसैगरी उत्कृष्ट कर्मचारीका रूपमा अशोक अधिकारी, कमला दाहाल सम्मानित हुनुभएको थियो भने साहित्य सेवा सम्मानबाट लक्ष्मी उप्रेती सम्मानित हुनुभएको थियो ।

सो अवसरमा वरिष्ठ आख्यानकार डा. ध्रुवचन्द्र गौतमद्वारा स्थापित एवम् संरक्षित दीपगोविन्द स्मृति सम्मानबाट डा. ज्ञानू पाण्डे, ध.च. गोतामे स्मृति सम्मानबाट अनुपमा रेग्मी, गोपाल गोतामे स्मृति सम्मानबाट अनिता विन्दु र ध.च. गोतामे रगोपाल गोतामे शिक्षा पुरस्कारबाट जनकप्रसाद राजभण्डारीलाई पुरस्कृत गरिएको थियो।


Posted

in

, ,

by

Tags:

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *