नवलपरासीको २ साकोस कर्ब्स कार्यक्रममा आबद्ध


नवलपरासी पश्चिमका-२ बचत तथा ऋण सहकारी संस्थाहरु नेफ्स्कूनले सञ्चालन गरेको जोखिममा आधारित साकोस सुपरिवेक्षण कार्यक्रम कर्ब्समा आबद्ध भएका थिए । सरावल गाउँपालिका–१, तिलकपुर नवलपरासी पश्चिमस्थित तिलकपुर महिला बचत तथा ऋण सहकारी संस्था लि. र सुस्ता गाउँपालिका–२, महलबारीस्थित श्री महर्षि बचत तथा ऋण सहकारी संस्था लि. साकोसहरुको गुणस्तर सुनिश्चिततासम्बन्धी नेफ्स्कूनले सञ्चालन गरेको लोकप्रिय कार्यक्रम कर्ब्समा आबद्ध भएको थियो ।

उक्त सम्झौतापत्रमा तिलकपुर साकोसको तर्फबाट अध्यक्ष मिना चौधरी तथा नेफ्स्कूनका तर्फबाट कार्यक्रम अधिकृत मनोज खड्काले हस्ताक्षर गर्नुभएको थियो । त्यसैगरी सम्झौता तिलकपुर साकोसकी उपाध्यक्ष सत्य देवी चौधरी, सचिव सविता महतो, कोषाध्यक्ष गंगा चौधरी तथा लेखा सुपरिवेक्षण समिति संयोजक अनुपाकुमारी चौधरी तथा नेफ्स्कूनका व्यवसाय सहायक नेत्रप्रसाद सापकोटाको रोहबरमा हस्ताक्षर गरिएको थियो भने नेफ्स्कूनका कार्यक्रम अधिकृत खड्काले तिलकपुर साकोसका सञ्चालक तथा व्यवस्थापन समूहलाई जोखिममा आधारित साकोस सुपरिवेक्षण कार्यक्रमका सम्बन्धमा अभिमुखीकरण गर्नुभएको थियो ।

त्यसैगरी श्री महर्षि साकोसको तर्फबाट सम्झौतामा अध्यक्ष डिल्लीराम काफ्ले तथा नेफ्स्कूनका तर्फबाट कार्यक्रम अधिकृत मनोज खड्काले हस्ताक्षर गर्नुभएको थियो । सो साकोसका सचिव सागरमणि पाण्डे , सञ्चालक सदस्य इश्वरप्रसाद उपाध्याय, व्यवस्थापक थिरलाल अधिकारी तथा नेफ्स्कूनका व्यवसाय सहायक नेत्रप्रसाद सापकोटा उक्त सम्झौतामा हस्ताक्षर हुनुभएको थियो भने तिलकपुर साकोसको कुल सम्पत्ति ६ करोड २८ लाख र श्री महर्षि साकोसको कुल सम्पत्ति ७ करोड ८७ लाख भन्दा बढी रहेको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नयाँ निर्देशन जारी गर्ने अन्तिम तयारीमा विभाग
उच्चस्तरीय पर्ल्स अनुगमन प्रणाली तालिम सञ्चालन
ललितपुरमा साकोसहरुबीच असल सिकाई आदानप्रदान कार्यक्रम सम्पन्न
साकोसका नगद परिचालक तथा रिसेप्सनिष्टहरुको क्षमता विकास तालिम सम्पन्न