भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. का नवनिर्वाचित समितिलाई नेफ्स्कूनले एक कार्यक्रमका बीच बधाई एवम शुभकामना प्रदान गरेको थियो । भक्तपुरको सुर्यविनायकमा आयोजित कार्यक्रममा नवनिर्वाचित समितिलाई बधाई दिँदै नेफ्स्कूनका अध्यक्ष परितोष पौडेललले बचत तथा ऋण सहकारी अभियानमा नयाँ युगको सुरुवात गर्न नेफ्स्कून र जिल्ला संघ हातेमालो गरेर अगाडि बढ्ने बताउनुभएको थियो भने नेफ्स्कूनका महासचिव दामोदर अधिकारीले बचत तथा ऋण सहकारी अभियानको विकास र प्रवर्धनमा भक्तपुर जिल्ला बचत संघको भूमिका उत्कृष्ट रहेको बताउँदै अभियानको गरिमालाई अझ उचाईमा पुर्याउन नवनिर्वाचित टीमलाई शुभकामना प्रदान गर्नुभएको थियो ।
उक्त जिल्ला बचत संघको सत्रौं बार्षिक साधारण सभा तथा छैंटौं अधिवेशनबाट दोस्रो कार्यकालका लागि पुन कृष्ण गोविन्द लाखाजुको अध्यक्षतामा सदस्यीय सञ्चालक समिति र ३ सदस्यीय लेखा सुपरीवेक्षण समिति निर्वाचित भएको थियो भने नेफ्स्कूनद्वारा आयोजित कार्यक्रममा नेफ्स्कूनका सञ्चालक समिति सदस्य माधव प्रसाद जोशी, जनक खत्री, कार्य प्रमुख कार्यकारी अधिकृत प्रकाशप्रसाद पोख्रेल, भक्तपुर फिल्ड कार्यालय इन्चार्ज पेशलकुमार खड्का उपस्थित हुनुभएको थियो । त्यसैगरी जिल्ला बचत संघका नवनिर्वाचित अध्यक्ष कृष्ण गोविन्द लाखाजुले नेफ्स्कूनले कार्यक्रमको आयोजना गरी नवनिर्वाचित समितिलाई बधाई एवम् शुभकामना प्रदान गरेकोमा खुसी व्यक्त गर्दै नेफ्स्कूनले सिकाएको मार्गमा अघि बढ्दै समुदायमा आधारित बचत तथा ऋण सहकारी संस्थाहरुको विकास, प्रवर्धन र सुशासन कायम गराउने अभियानमा जिल्ला संघ प्रतिबद्धताका साथ अगाडि बढ्ने विश्वास समेत व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा नवनिर्वाचित समितिका उपाध्यक्ष हरि बल्ल, सचिव जगनाथ प्रजापति, कोषाध्यक्ष कान्छाभक्त घजु, लेखा सुपरीवेक्षण समिति संयोजक बालमुकुन्द उपाध्याय, सञ्चालक समिति सदस्यहरुमा पञ्चकुष्ण श्रेष्ठ, इन्द्रप्रसाद ब्यान्जु, काजीबहादुर पञ्च, सन्तोषी खतिवडा, कृष्णेश्वरी प्रजापति र लेखा समिति सदस्यहरु सुशिला पराजुली बराल, श्रीप्रसाद त्यातजु र संघका व्यवस्थापक बालकृष्ण धोजु उपस्थित हुनुभएको थियो ।
Leave a Reply