तरकारी फलफूल साकोसको २२औं बार्षिक साधारणसभा सम्पन्न

काठमाडौं । तरकारी फलफूल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २२औँ बार्षिक साधारणसभा सम्पन्न भएको थियो । संस्थाका अध्यक्ष उज्वल कार्कीको अध्यक्षतामा नेपाल बचत तथा ऋण सहकारी केन्द्रीय सहकारी संघ लि. नेफ्स्कूनका अध्यक्ष परितोष पौडेलको प्रमुख आतिथ्यतामा कालिमाटीमा साधारणसभा सम्पन्न भएको थियो भने उक्त सभाले अध्यक्ष कार्की, सचिव दुर्गालाल श्रेष्ठ, लेखा समिति संयोजक रामकृष्ण नेपालले प्रस्तुत गरेका प्रतिवेदन पारित गर्दै तरकारी फलफूल साकोसका व्यवस्थापक विमला पुडासैनीका अनुसार एक हजार सात सय ३६ सेयर सदस्य रहेको र आर्थिक वर्षमा ४३ करोड ३९ लाख ९२ हजार ६ सय २७ रुपैयाँ बचत निक्षेप संकलन गरेको थियो ।

त्यसैगरी ६ करोड २८ लाख ३३ हजार चार सय रुपैयाँ सेयर पुँजी रहेको सहकारीले ६० करोड ४० लाख ६४ हजार ६ सय ६६ रुपैयाँ कुल सम्पत्ति आर्जन गरेको थियो भने आर्थिक वर्षमा तीन करोड ४१ लाख ४३ हजार तीन सय २१ संचालन आम्दानी र यस वर्ष चार करोड सात लाख ४२ हजार ६ सय ९६ रुपैयाँ कुल आम्दानी रहेको र संस्थाले दुई करोड ८५ लाख आठ हजार ३४ रुपैयाँ खुद नाफा गरी सहकारीको जगेडा कोषमा पाँच करोड ८९ लाख ३३ हजार ६ सय ६६ रुपैयाँ समेत जम्मा भएको थियो ।

उक्त सभामा नयाँ सञ्चालक समिति र लेखा सुपरीवेक्षण समिति चयनका लागि उम्मेदवारी दर्ताको कार्यक्रम रहेको निर्वाचन समिति सदस्य अधिवक्ता विष्णु रुपाखेतीले जानकारी दिनुभएको थियो भने संस्थाले यस वर्षको उत्कृष्ट कर्मचारीका रूपमा व्यवस्थापक विमला पुडासैनीलाई र एसइई परीक्षामा उत्कृष्ट अंक ल्याएका सेयर सदस्यहरूका छोराछोरीलाई सम्मान तथा पुरस्कृत गरेको थियो ।


Posted

in

, ,

by

Tags:

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *