जिल्ला बचत संघहरुलाई सहयोग गर्न तयार : नेफ्स्कून

रौतहट बचत तथा ऋण सहकारी संघ लि. को २५ औं वार्षिक साधारण सभा संघकी अध्यक्ष देवकी नेपालको अध्यक्षता तथा नेफ्स्कूनका कोषाध्यक्ष दिपक पनेरुको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । सभामा चन्द्रपुर नगरपालिकाका मेयर रामचन्द्र चौधरीको बिशिष्ट आतिथ्यता, जिल्ला बचत संघ सर्लाहीका अध्यक्ष बाबुराम घिमिरे, जिल्ला बचत संघ बाराका अध्यक्ष सतेन्द्र ठाकुर, सर्लाहीस्थित सगुन साकोसका अध्यक्ष केशव ढकाल लगायतको आतिथ्यता रहेको थियो भने जिल्ला बचत संघहरु पछाडि नरहने दाबी गर्दै त्यसका लागि जस्तोसुकै सहयोग गर्न नेफ्स्कून तयार रहेको जानकारी गराउदै नेफ्स्कूनले साकोस अभियानका लागि गौरब गर्ने गरी काम गरेको समेत उहाँले उल्लेख गर्नुभएको थियो ।

नेफ्स्कूनका कोषाध्यक्ष दिपक पनेरुले सर्लाहीस्थित १० वटा सहकारीका अध्यक्षहरुसँग भेटवार्ता गर्नुभएको थियो । उक्त कार्यक्रममा जिल्ला बचत संघ सर्लाहीका अध्यक्ष बाबुराम घिमिरे , जिल्ला संघका कोषाध्यक्ष मन्दिरा आचार्य लगायतको उपस्थिति रहेको थियो भने उक्त भेटवार्तामा नेफ्स्कूनका कोषाध्यक्ष पनेरुले संस्थाका प्रतिनिधिहरुसँग सल्लाह सुझाव माग गर्नुभएको थियो ।


Posted

in

, ,

by

Tags:

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *