विद्यावारिधिको उपाधि नेफ्स्कूनका पूर्वप्रमुख कार्यकारी अधिकृत सापकोटालाई


काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. नेफ्स्कूनका पूर्वप्रमुख कार्यकारी अधिकृत शिवजी सापकोटाले अमेरिकी विश्वविद्यालयबाट ‘बैंक तथा बचत ऋण सहकारीहरुमा मानव स्रोत व्यवस्थापनको तुलनात्मक अध्ययन’ विषयक शोधकार्यसहित विद्यावारिधि पीएचडी पूरा गर्नुभएको थियो । उहाँले सहकारी सुसञ्चालनका लागि विश्व अध्ययनद्वारा प्रतिपादित तथा अभ्याससिद्ध असल अभ्यासहरुलाई आन्तरिकीकरण गर्ने र संस्था सबल र दिगो बनाउने मुख्य जिम्मेवारी व्यवस्थापकको हुने भएकोले सहकारी व्यवस्थापनमा मानव संशाधन विषय छनौट गरेको भन्दै त्यसको प्रेरणा पात्र तथा स्रोतका रुपमा नेपालका उत्कृष्ट व्यवस्थापकहरु र उनीहरुको अनुशासन, स्वीकार्यता र अपनत्व भाव रहेको सामाजिक सञ्जालमार्फत जानकारी गराउनुभएको थियो ।

सापकोटा २०५५ सालदेखि यस क्षेत्रसँग निरन्तर आबद्ध हुनुभएको र उहाँ काभ्रेको पनौतिस्थित सामुदायिक बचत तथा ऋण सहकारी संस्थाबाट सहकारी क्षेत्र प्रवेश गर्नुभएको थियो भने २०६३ साल भदौं १ गते नेफ्स्कून प्रवेश गरी सापकोटा २०७७ असार ३१ गतेसम्म संघमा कार्यरत हुदै सहकारीमा प्राज्ञिक अध्ययन कम भैरहेको समयमा उहाँको विद्यावारिधी नेपालको सहकारी र साकोस अभियानको विकासमा सहयोगीसिद्ध हुने विश्वास गर्न सकिन्छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नेफ्स्कूनद्वारा सदस्य संघ संस्थाहरूका लागि “एकीकृत स्वनियम मार्गनिर्देशन–२०७९” जारी
“एकीकृत साकोस सञ्जालका लागि साझा प्रविधि” भन्ने यस बर्षको अभियानको थिम सार्वजनिक
सहकारी विभागद्वारा सहकारी संघ संस्था र सदस्यहरुका लागि निर्देशन जारी
दोलखामा कोपोमिस तालिम सञ्चालन