रुपन्देहीका ३ साकोस कर्ब्स कार्यक्रममा आबद्ध


रुपन्देही। रुपन्देहीका ३ बचत तथा ऋण सहकारी संस्थाहरु नेफ्स्कूनले सञ्चालन गरेको जोखिममा आधारित साकोस सुपरिवेक्षण कार्यक्रम कर्ब्समा आबद्ध भएका थिए । नेफ्स्कून जिल्ला बचत संघ साझेदारी कार्यक्रम अन्तर्गत रुपन्देही जिल्लाको देवदह-७ स्थित निरन्तर महिला साकोस, कञ्चन-४ स्थित धरोहर साकोस र बुटवल-११ स्थित संसार साकोस कर्ब्समा आबद्ध भएका थिए । त्यसैगरी सम्झौता कार्यक्रममा नेफ्स्कून सञ्चालक सदस्य सन्दिप सापकोटा उपस्थित हुनुभएको थियो भने संघका तर्फबाट कार्यक्रम अधिकृत मनोज खड्का, रुपन्देही फिल्ड कार्यालय इन्चार्ज छत्रप्रसाद धमला र बरिष्ठ सहायक कल्पना भण्डारी सहभागी हुनुभएको थियो ।

उक्त कार्यक्रममा निरन्तर महिला साकोसकी उपाध्यक्ष मिना कुमारी भुषाल तथा व्यवस्थापक गिता बस्नेत, धरोहर साकोसका उपाध्यक्ष बिष्णुनारायण श्रेष्ठ तथा व्यवस्थापक संगिता गौतम तथा संसार साकोसका अध्यक्ष बिष्णु अवस्थी, लुम्बिनी प्रदेश बचत संघका व्यवस्थापक तारा अर्यालसँगै रुपन्देही जिल्ला बचत संघकी व्यवस्थापक शर्मिला भट्टराईको उपस्थिति रहेको  थियो भने साकोसहरुको गुणस्तर सुनिश्चिततासम्बन्धी नेफ्स्कूनले सञ्चालन गरेको लोकप्रिय कार्यक्रम कर्ब्समा रुपन्देहीका थप ३ साकोसहरु आबद्ध भएका र नेफ्स्कूनका कार्यक्रम अधिकृत मनोज खड्काका अनुसार निरन्तर महिला साकोसको कुल सम्पत्ति ७ करोड रुपैयाँ रहेको र ११ सय सदस्य भएको बताउनुभएको थियो ।

त्यसैगरी धरोहर साकोसको कुल सम्पत्ति १६ करोड रुपैयाँ तथा कुल सदस्य संख्या २२ सय माथि रहेको र  संसार साकोसका कुल सम्पत्ति साढे ८ करोड रुपैयाँ रहेको थियो भने कुल सदस्य संख्या ९ सय रहेको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नेफ्स्कूनद्वारा सदस्य संघ संस्थाहरूका लागि “एकीकृत स्वनियम मार्गनिर्देशन–२०७९” जारी
“एकीकृत साकोस सञ्जालका लागि साझा प्रविधि” भन्ने यस बर्षको अभियानको थिम सार्वजनिक
सहकारी विभागद्वारा सहकारी संघ संस्था र सदस्यहरुका लागि निर्देशन जारी
दोलखामा कोपोमिस तालिम सञ्चालन