वीरगञ्‍जमा वित्तीय व्यवस्थापन तालिम सुरु


पर्सा । नेफ्स्कूनको आयोजना एवम् जिल्ला बचत तथा ऋण सहकारी संघ लि. पर्साको व्यवस्थापनमा वीरगञ्‍जमा ३ दिने वित्तीय व्यवस्थापन तालिम शुरु भएको थियो । उक्त तालिमको उद्घाटन प्रमुख अतिथि नेफ्स्कून सञ्चालक सदस्य हरेरामप्रसाद पटेलले गर्नुभएको थियो भने उद्घाटन कार्यक्रमका विशिष्ट अतिथि पर्सा जिल्ला बचत संघका अध्यक्ष राजेश पण्डित र बारा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष सतेन्द्र ठाकुर हुनुभएको थियो ।

 

त्यसैगरी तालिम सहजीकरण नेफ्स्कूनका बरिष्ठ तालिम अधिकृत बल्लभ तिमिल्सिनाले गर्नुभएको थियो । उक्त उद्घाटन कार्यक्रममा नेफ्स्कूनका अनुगमन अधिकृत श्यामराजा तिमिल्सिना, विरगञ्ज फिल्ड कार्यालय इन्चार्ज बृजेश गुप्ता र व्यवसाय सहायक दिपेन्द्र शाहको उपस्थिति रहेको थियो भने तालिममा बारा र पर्सा जिल्लाका २४ बचत ऋण सहकारीका २७ जनाको सहभागिता रहेको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नयाँ निर्देशन जारी गर्ने अन्तिम तयारीमा विभाग
उच्चस्तरीय पर्ल्स अनुगमन प्रणाली तालिम सञ्चालन
ललितपुरमा साकोसहरुबीच असल सिकाई आदानप्रदान कार्यक्रम सम्पन्न
साकोसका नगद परिचालक तथा रिसेप्सनिष्टहरुको क्षमता विकास तालिम सम्पन्न