pornjk, pornsam, xpornplease, joyporn, pornpk, foxporn, porncuze, porn110, porn120, oiporn, pornthx, blueporn, roxporn, silverporn, porn700, porn10, porn40, porn900

उपराष्ट्रपतिद्वारा ललितपुर साकोसको चौथो उद्घाटन


गोदावरी, ललितपुर । चौथो ललितपुर साकोस समिट २०७८ गोदावरीमा शुरु भएको थियो भने उक्त कार्यक्रम उपराष्ट्रपति नन्दबहादुर पुन पासाङले उद्घाटन गर्नुभएको थियो । त्यसैगरी आयोजक जिल्ला बचत तथा ऋण सहकारी संघ लि. का अध्यक्ष रामहरि बजगाईको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रमा उर्जा, जलस्रोत तथा सिँचाई मन्त्री पम्फा भूषाल, राष्ट्रिय सहकारी महासंघ लि. नेपालका अध्यक्ष मिनराज कडेल, पूर्वमन्त्री एवम् राष्ट्रिय सहकारी महासंघ लिका संस्थापक अध्यक्ष दिपक प्रकाश बाँस्कोटा, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.का अध्यक्ष परितोष पौडेल, कोषाध्यक्ष दिपक पनेरु, राष्ट्रिय सहकारी बैंकका अध्यक्ष के.बी उप्रेती, ललितपुरका विभिन्न क्षेत्रका संघीय सांसदहरु, स्थानीय निकायका मेयर, अध्यक्षहरु, सहकारी शाखा प्रमुखहरुसँगै जिल्लाभरका बचत तथा ऋण सहकारी संस्थाका सहभागीहरु लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा उपराष्ट्रपति पुनले संवैधानिक मान्यता प्राप्त सहकारी क्षेत्रलाई राज्यले प्रोत्साहन गरेको र थप प्रोत्साहनको आवश्यकतामा जोड दिइ सहकारी अभियानको मागलाई ध्यानमा राख्दै यस क्षेत्रको लागि कर्जा सूचना केन्द्र स्थापनाको लागि सरकारको ध्यानाकर्षण गराउनुभएको थियो । सहकारीले बचत परिचालन, राष्ट्रिय पुँजी निर्माणसँगै आर्थिक सामाजिक रुपान्तरणमा योगदान पुर्याएपनि केही सहकारीहरुको सुशासनको समस्याका असर सम्पुर्ण सहकारी क्षेत्रले भोग्नुपरेको र सहकारी व्यवस्थापन चुनौतीपूर्ण भएको भन्दै यसतर्फ पनि सरकारी निकायको ध्यानाकर्षण गराउनुभएको थियो ।

त्यसैगरी  मन्त्री पम्फा भूषालले सहकारीमार्फत आर्थिक सशक्तिकरणमा महत्वपूर्ण योगदान पुग्ने औंल्याउँदै केही सहकारीमा देखिएको समस्याका कारण सम्पूर्ण क्षेत्रले आक्षेप खेप्नुपरेको धारणा राख्नुभएको थियो भने सहकारीमार्फत कृषि तथा उत्पादनको क्षेत्रमा लाग्नुपर्नेमा जोड दिदैं विद्युतीय चुलो तथा सवारीसाधनको प्रयोग बढाउने अभियानमा सहयोग गर्न सहकारी अभियानसँग आग्रह समेत गर्नुभएको थियो । उक्त कार्यक्रममा सहकारी विभागका रजिष्ट्रार झलकराम अधिकारीले नियमन गर्ने जिम्मा सरकारको भएको बताउँदै अनुगमन, निरिक्षणका विषयमा साझा धारणा बनाएर सहकारीहरुलाई मर्यादित र सुशासित बनाउन सकिने बताउनुभएको थियो भने राष्ट्रिय सहकारी महासंघका अध्यक्ष कडेलले सहकारीमार्फत धेरै राम्रा कामहरु भएपनि केही सहकारीहरुको सुशासनमा समस्या देखिएको बताउँदै त्यसले नकारात्मक सन्देश प्रवाह भएको बताउनुभएको थियो ।

कार्यक्रममा नेफ्स्कूनका अध्यक्ष परितोष पौडेलले अभियानमा खोज, अनुसन्धान, नयाँ खोज आवश्यक भएको भन्दै सुशासन र प्रविधियुक्त सेवालाई जोड दिनुपर्ने बताउदै सन्दर्भ ब्याजदरको विषयमा विभागमा छलफलको तयारी भएको बताउँदै बैठकले अभियानको भावना प्रतिबिम्बित गर्ने विश्वास दिलाउनुभएको थियो । त्यसैगरी राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले सहकारीलाई राज्यकातर्फबाट आवश्यक सहयोग नभएको गुनासो गर्नुभएको थियो भने कार्यक्रममा प्रमुख अतिथि उपराष्ट्रपति पुनले सहकारी अभियानमा लामो र महत्वपूर्ण योगदान पुर्याएबापत पूर्व मन्त्री, राष्ट्रिय सहकारी बिकास बोर्डका पूर्व अध्यक्ष एवम् राष्ट्रिय सहकारी महासंघका संस्थापक अध्यक्ष दिपक प्रकाश बाँस्कोटालाई अभिनन्दन गर्नुभएको थियो ।

 


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

लुम्बिनी साकोसद्वारा निःशुल्क आँखा परिक्षण, २ सय १५ जनाले पाए सेवा
काठमाडौं विश्वविद्यालय र महासंघको सहकार्यमा सहकारी डिप्लोमा कोर्ष सञ्चालन सम्झौता
सहकारीविरुद्धको उजुरी बढेपछि तात्यो काठमाडौं महानगर, जारी गर्‍यो १२ बुँदे निर्देशन
गोल्डेन अर्थ साकोस कर्ब्स कार्यक्रममा आबद्ध