सन्दर्भ ब्याजदर पुनरावलोकनका लागि बजार बिश्लेषण


काठमाडौं । सहकारीको सन्दर्भ ब्याजदर बजार पुनरावलोकनका सम्बन्धमा बजारको अवस्था बिश्लेषण पछि मात्र निर्णय गरिने भएको थियो । उक्त सहकारीको सन्दर्भ ब्याजदर निर्धारण समितिको सहकारी विभागमा बसेको बैठकमा वित्तीय बजारको अवस्था अनुरुप हाल कायम सन्दर्भ ब्याजदर पुनर्विचार गर्ने विषयमा छलफल भएको र ब्याजदर निर्धारण समितिका सदस्य एवम नेफ्स्कून अध्यक्ष परितोष पौडेलका अनुसार बजार बिश्लेषण गरेर मात्र हालको सन्दर्भ ब्याजदरमा पुनर्विचार गरिने जानकारी गरिएको थियो । त्यसैगरी सहकारीमा हाल कायम १४.७५ प्रतिशत सन्दर्भ ब्याजदर पुनरावलोकनको मागको बीच त्यसका विषयमा पुनरावलोकन गर्न विभागमा समितिको बैठक बसेको थियो भने यसअघि ललितपुरमा एक कार्यक्रममा सहकारी विभागका रजिष्ट्रार झलकराम अधिकारीले पनि सहकारीका सदस्यहरुको भावना प्रतिबिम्बित हुने गरी सन्दर्भ ब्याजदर निर्धारण गरिने बताउनुभएको थियो ।

त्यसैगरी बैंक तथा वित्तीय संस्थामा ब्याजदरको तरलता चाप बढेकाले सहकारीमा पनि ब्याजदर निर्धारण गर्न कठिनाइ भएको र सहकारी विभागका उपरजिष्ट्रारको संयोजकत्वमा गठन भएको प्राविधिक समितिले ब्याजदर अध्ययन गरेको थियो भने बैठकमा उक्त प्रतिवेदनका विषयमा छलफल भएपनि बजार बिश्लेषण पछि मात्र पुनर्विचार गरिने सहमति भएको थियो ।

 


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नेफ्स्कूनद्वारा सदस्य संघ संस्थाहरूका लागि “एकीकृत स्वनियम मार्गनिर्देशन–२०७९” जारी
“एकीकृत साकोस सञ्जालका लागि साझा प्रविधि” भन्ने यस बर्षको अभियानको थिम सार्वजनिक
सहकारी विभागद्वारा सहकारी संघ संस्था र सदस्यहरुका लागि निर्देशन जारी
दोलखामा कोपोमिस तालिम सञ्चालन