सहकारीको नियमन गर्ने अधिकार सरकारको


काठमाडौं । सहकारी विभागका रजिस्ट्रार झलकराम अधिकारीले सहकारीको नियमन गर्ने अधिकार सरकारको भएको बताउँदै अभियानसँग मिलेर अनुगमन र निरीक्षण गर्न विभाग तयार रहेको बताउनुभएको थियो । त्यसैगरी नियामक निकाय कमजोर बनाएर सहकारी अभियान अघि बढ्न नसक्ने र राज्यले जारी गरेको ऐन, नियम, निर्देशिका पालन गर्ने दायित्व सहकारीहरुको भएको भन्दै यसलाई पूर्ण रुपमा तिनको कार्यान्वयनमा आवश्यक सहयोगको लागि आग्रह समेत गर्नुभएको थियो ।

उक्त उद्घाटन समारोहमा शुभकामना मन्तव्य राख्दै रजिस्ट्रार अधिकारीले सहकारीको ब्याजदर सहकारीकर्मीको भावना सम्मान हुने गरी तय गरिने जानकारी गराउदै सन्दर्भ ब्याजदर निर्धारण समितिको बैठकमा ब्याजदर पुनरावलोकनको तयारी भैरहेको सन्दर्भमा जानकारी समेत गराउनुभएको थियो । त्यसैगरी सहकारीको भिजन पेपर तयारीको बारेमा जानकारी गराउँदै त्यसमा अभियानको पनि पृष्ठपोषण आवश्यक रहि सरकार र अभियान हातेमालो गरेर अघि बढ्नुपर्नेमा रजिस्ट्रार अधिकारीको जोड थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नेफ्स्कूनद्वारा सदस्य संघ संस्थाहरूका लागि “एकीकृत स्वनियम मार्गनिर्देशन–२०७९” जारी
“एकीकृत साकोस सञ्जालका लागि साझा प्रविधि” भन्ने यस बर्षको अभियानको थिम सार्वजनिक
सहकारी विभागद्वारा सहकारी संघ संस्था र सदस्यहरुका लागि निर्देशन जारी
दोलखामा कोपोमिस तालिम सञ्चालन