मौद्रिक नीतिको पहिलो समीक्षा प्रतिवेदन सार्वजनिक


काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासाको समीक्षा प्रतिवेदन सार्वजनिक गरेको थियो । उक्त प्रतिवेदनमा सहकारीलाई प्रविधिसँग जोड्ने विषय समोवेश गरिएको थियो भने राष्ट्र बैंकले सहकारी र लघुवित्तलाई प्रविधि सेवा उपयोग गर्ने नीति दिएको र यसका कारण अब सहकारीलाई प्रविधिमा जोडिन सहज हुने बताएको थियो । त्यसैगरी सहकारी क्षेत्रले प्रविधिकरणमा जान कानुनी तथा नीतिगत असहजता भएको विषयलाई प्राथमिकताका साथ सरोकारवालाहरुसँगको बहसपैरवीको विषय बनाउँदै आएको र खासगरी कोभिड १९ पश्चात उत्पन्न असहजतालाई ध्यानमा राखी सहकारी क्षेत्रले प्रविधिकरणको आवश्यकता बढी नै बोध गरेको अवस्थामा मौद्रिक नीतिको समिक्षामा सो विषय प्रवेश भएको थियो ।

राष्ट्र बैंकले आफ्नो क्षेत्राधिकार नभएको भन्दै सहकारीलाई वेवास्ता गर्दै आएपनि प्रविधिमा जोड्ने विषय पहिलो त्रैमासा समीक्षा प्रतिवेदनमा उल्लेख गरी सहकारीलाई प्रविधिमा जोड्न सकिए नियमन गर्न पनि सघाउ पुग्ने नियामक निकाय सहकारी विभागले बताउँदै आएको थियो । त्यसैगरी सहकारी अभियानको उपल्लो निकाय राष्ट्रिय सहकारी महासंघले समेत सहकारीलाई प्रविधिमा जोड्न मार्गनिर्देशन तयारी गरिरहको र स्पष्ट कानुन अभाव र सदस्यहरुमा प्रविधि पहुँचको अभावका कारण सहकारीमा प्रविधि प्रयोग प्रयोग अगाडि बढ्न नसकेको अवस्था रहेको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

रुपन्देहीमा पर्ल्स अनुगमन प्रणाली तालिम सम्पन्न
हाम्रो एकीकृत साकोसको ५औं स्थापना दिवसः सप्ताहव्यापी कार्यक्रम सञ्चालन
बचत ऋण र तरकारी उत्पादक कृषि सहकारीबीच एकीकरण
सिराहा नगरपालिकाका सहकारीहरुको अवस्था मापन गरिदै