रामकोट साकोसको कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न


धादिङ । नेफ्स्कूनको प्राविधिक सहयोगमा रामकोट बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा १२औं कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न भएको थियो । धादिङबेसीमा सम्पन्न कार्यशालामा जोखिममा आधारित सुपरिवेक्षण कार्यक्रम CURBS मा आबद्ध धादिङबेसी क्लस्टरका साकोसहरुको सहभागिता रहेको थियो थियो । त्यसैगरी रामकोट बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रामकृष्ण श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा निलकण्ठ नगरपालिका-८ का वडा अध्यक्ष गुणबहादुर थपलियाको प्रमुख आतिथ्यता रहेको थियो भने कार्यशालालाई नेफ्स्कूनका तालिम अधिकृत सन्दिप ढकाल र धादिङ बचत तथा ऋण सहकारी संघका व्यवस्थापक गोकर्ण दुवाडीले सहजीकरण गर्नुभएको थियो ।

कार्यशालामा रामकोट साकोस, निलकण्ठ महिला साकोस, भैरवी साकोस, हिमाल साकोस, स्वस्तिक साकोस, नसिक साकोस, शिबज्योती महिला साकोस र ज्योती महिला विकास साकोसको सहभागिता रहेको थियो भने उक्त कार्यक्रममा आयोजक संस्था रामकोट साकोसका संचालक,CURBS कार्यदलका प्रतिनिधि र व्यवस्थापन कर्मचारीको समेत उपस्थिति रहेको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

रुपन्देहीमा पर्ल्स अनुगमन प्रणाली तालिम सम्पन्न
हाम्रो एकीकृत साकोसको ५औं स्थापना दिवसः सप्ताहव्यापी कार्यक्रम सञ्चालन
बचत ऋण र तरकारी उत्पादक कृषि सहकारीबीच एकीकरण
सिराहा नगरपालिकाका सहकारीहरुको अवस्था मापन गरिदै