कास्कूनको आयोजनामा एक दिवसीय ऋण परामर्श तालिम


काठमाडौं । काठमाडौं बचत तथा ऋण सहकारी संघ लि. कास्कूनको आयोजना तथा नेफ्स्कूनको प्राविधिक सहयोगमा नेपालटारमा एक दिवसीय ऋण परामर्श तालिम सम्पन्न भएको थियो । त्यसैगरी नेफ्स्कूनका तालिम अधिकृत सुमनराज घिमिरेले सहजीकरण गर्नुभएको तालिममा २२ बचत तथा ऋण सहकारी संस्थाबाट २४ जनाको सहभागिता थियो भने तालिम समापन समारोहमा कास्कूनका संचालक एवं गोगंबु सेवा कार्यालय व्यवस्थापन उपसमिति संयोजक राजकुमार खड्काको अध्यक्षतामा सम्पन्न भएको थियो ।

उक्त तालिमबाट सिकेका विषयहरु व्यवहारमा उतार्न र सहकर्मीहरुलाई पनि सिकाउन समापन समारोहका अध्यक्ष खड्काले आग्रह गर्दै बचत तथा ऋण सहकारी संस्थाले ऋण लगानीको विषयलाई उच्च प्राथमिकतामा राखेर ऋण लगानी पूर्वको ऋण परामर्श गरी पर्याप्त कागजातहरु र साक्षी जमानी सहित लगानी गर्न सचेत हुनु पर्ने धारणा राख्नुभएको थियो भने सो अवसरमा कास्कूनले नगरपालिकासँग समन्वय गरेर विभिन्न सहकारी शिक्षाका कार्यक्रमहरु ल्याउने योजना अगाडी बढाउने बताउदै सक्रिय सहभागिता हुनेमा विश्वास व्यक्त गर्नुभएको थियो ।

उक्त कार्यक्रममा अध्यक्ष राजकुमार खड्का तथा सहजकर्ता सुमनराज घिमिरेले संयुक्त रुपमा सहभागीहरुलाई प्रमाणपत्र प्रदान गर्नुभएको थियो भने समापन समारोह संघका तालिम अधिकृत लव सिंखडाले संचालन गर्नुभएको थियो ।

 

 


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

रुपन्देहीमा पर्ल्स अनुगमन प्रणाली तालिम सम्पन्न
हाम्रो एकीकृत साकोसको ५औं स्थापना दिवसः सप्ताहव्यापी कार्यक्रम सञ्चालन
बचत ऋण र तरकारी उत्पादक कृषि सहकारीबीच एकीकरण
सिराहा नगरपालिकाका सहकारीहरुको अवस्था मापन गरिदै