महालक्ष्मी साकोसको २१औं बार्षिक साधारणसभा सम्पन्न


संस्थाको कुल आम्दानी रु. ५ करोड १६ लाख र सदस्यहरुलाई १८ प्रतिशत लाभांश वितरण गर्न सफल बीरगञ्जको माईस्थानस्थित महालक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २१औं बार्षिक साधारणसभा सम्पन्न भएको थियो । उक्त संस्थाका अध्यक्ष ईश्वरचन्द्र गौतमको सभापतित्वमा आयोजित सभाको उद्घाटन विरगंज महानगरपालिकाका उपप्रमुख शान्ति कार्कीले गर्नुभएको थियो भने सो कार्यक्रममा विशिष्ट अतिथि पर्सा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष राजेश पंडित, बीरगञ्ज महानगरपालिका वडा नं-६ का वडा अध्यक्ष ध्रुव नेपाल, सदस्य बरिष्ट अधिवक्ता देवेन्द्रलाल नेपाली, सदस्य रितेश गुप्ताले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।  त्यसैगरी आ.व. ०७७/०७८ को बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका अध्यक्ष ईश्वरचन्द्र गौतमले संस्थाको कुल आम्दानी रु.५ करोड १६ लाख भएको र सदस्यहरुलाई १८ प्रतिशत लाभांश वितरण गर्न संस्था सफल भएको जानकारी गराउनुभएको थियो  ।

उक्त संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत २१औं बार्षिकोत्सवको अवसरमा गहवामाई मन्दिरको अतिथि सदनलाई पुनसंरचना गर्न रु. ६ लाख खर्च गर्ने घोषणा समेत गरेको थियो । त्यसैगरी  कार्यक्रममा प्रध्यापक डा. दिपक शाक्यले स्वागत मन्तव्य र अमन राजभण्डारीले धन्यवाद ज्ञापन गर्नुभएको थियो भने संस्थाले ईश्वरचन्द्र गौतमको अध्यक्षतामा ४ बर्षको लागि नयाँ सञ्चालक समिति र प्रद्युम्नप्रसाद सेढाइको संयोजकत्वमा तीन सदस्यीय लेखा समिति समेत चयन गरेको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

रुपन्देहीमा पर्ल्स अनुगमन प्रणाली तालिम सम्पन्न
हाम्रो एकीकृत साकोसको ५औं स्थापना दिवसः सप्ताहव्यापी कार्यक्रम सञ्चालन
बचत ऋण र तरकारी उत्पादक कृषि सहकारीबीच एकीकरण
सिराहा नगरपालिकाका सहकारीहरुको अवस्था मापन गरिदै