गतिशील साकोस प्रोबेसन कार्यक्रममा आबद्ध


ललितपुर । ललितपुरको लगनखेल-५ स्थित गतिशील साकोस नेफ्स्कूनले सञ्चालन गरेको प्रोबेसन कार्यक्रममा आबद्ध भएको थियो । उक्त प्रोबेसन कार्यक्रम नेफ्स्कूनले सञ्चालन गरेको बचत तथा ऋण सहकारी संस्थाहरुको स्तरीकरणसम्बन्धी पूर्ण तथा व्यावसायिक साकोस विकास कार्यक्रम रहेको थियो । त्यसैगरी नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत प्रकाशप्रसाद पोख्रेल, व्यवसाय विभाग प्रमुख राधेश्याम श्रेष्ठ, नेफ्स्कून ललितपुर फिल्ड कार्यालय इन्चार्ज दिनेश गौतम तथा साकोसका तर्फबाट अध्यक्ष डा.बलराम पाठक, उपाध्यक्ष विकासबहादुर थापा, सचिव रामकाजी पौडेल र कोषाध्यक्ष तिर्थप्रसाद पोख्रेलको रोहवरमा नेफ्स्कूनका बरिष्ठ अधिकृत भरतप्रसाद न्यौपाने तथा साकोसका तर्फबाट व्यवस्थापक विणाकुमारी अमात्यले प्रोबेसन सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको थियो ।

उक्त साकोस २०५७ सालमा स्थापित भएको र हाल ५९०० सदस्य छन् भने २ अर्ब ६८ करोड बढीको वासलात रहेको छ ।

 


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नेफ्स्कूनद्वारा सदस्य संघ संस्थाहरूका लागि “एकीकृत स्वनियम मार्गनिर्देशन–२०७९” जारी
“एकीकृत साकोस सञ्जालका लागि साझा प्रविधि” भन्ने यस बर्षको अभियानको थिम सार्वजनिक
सहकारी विभागद्वारा सहकारी संघ संस्था र सदस्यहरुका लागि निर्देशन जारी
दोलखामा कोपोमिस तालिम सञ्चालन