सहकारी अध्ययनका लागि नेफ्स्कून अगुवाईको टोली भारत भ्रमणमा जाँदै


काठमाडौं । नेफ्स्कूनको अगुवाईमा सहकारी व्यवसाय प्रारुपसम्बन्धी अध्ययन अवलोकनका लागि एक टोली भोलि भारत भ्रमाणमा जाँदै हुनुहुन्‍छ । त्यसैगरी भारतस्थित कृषि बैंकिङमा अन्तर्राष्ट्रिय सहयोग तथा तालिम केन्द्र–सिक्ट्याबको निमन्त्रणमा ३ नोभेम्बरदेखि ३ डिसेम्बर, २०२१ भ्रमणका लागि टोली त्यसतर्फ प्रस्थान गर्न लागेको हो भने नेफ्स्कूनका सञ्चालक सदस्य जनक खत्रीको नेतृत्वमा म्याग्दीको पश्चिम नेपाल साकोसका सचिव हरिप्रसाद पौडेल, भक्तपुरको बगलामुखी साकोसका सञ्चालक सदस्य बाबुकृष्ण श्रेष्ठ, काभ्रेको संकल्प स्वेक साकोसका प्रमुख कार्यकारी अधिकृत राजन सापकोटा, तनहुँको रोयल साकोसका व्यवस्थापक तीर्थराज खनाल र दोलखाको हाम्रो जनकल्याण साकोसका ऋण अधिकृत नवराज बस्नेतसँगै नेफ्स्कूनका तालिम अधिकृत उमेश कोइराला र व्यवसाय अधिकृत समिट खड्का भारत भ्रमणमा जान लाग्नुभएको थियो ।

त्यसैगरी अपरान्ह नेफ्स्कून केन्द्रीय कार्यालयमा संघका निमित्त प्रमुख कार्यकारी अधिकृत सञ्जयराज तिमिल्सिनाले तालिम अधिकृत उमेश कोइराला र व्यवसाय अधिकृत समिट खड्कालाई भ्रमण सफलताको कामनासहित बिदाई गर्नुभएको थियो भने कार्यक्रममा नेफ्स्कूनका सदस्य सेवा विभाग प्रमुख दुर्गाप्रसाद ढकाल, बरिष्ठ अधिकृत प्रेमनाथ वाग्ले, भरत न्यौपाने, नवीनराज दाहाल लगायतले पनि भ्रमण सफलताको कामनासहित अधिकृतद्वयलाई बिदाई गर्नुभएको थियो ।


उक्त अध्ययन अवलोकन भ्रमण कार्यक्रममा सिक्ट्याबका अन्य सदस्य राष्ट्रका सहकारीकर्मीहरुको सहभागिता रहेको थियो भने भ्रमणमा सहभागीहरुबीच सहभागितामूलक छलफल तथा अनुभवहरुको आदानप्रदानको अपेक्षा सिक्ट्याबले राखेको थियो ।

 


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

रुपन्देहीमा पर्ल्स अनुगमन प्रणाली तालिम सम्पन्न
हाम्रो एकीकृत साकोसको ५औं स्थापना दिवसः सप्ताहव्यापी कार्यक्रम सञ्चालन
बचत ऋण र तरकारी उत्पादक कृषि सहकारीबीच एकीकरण
सिराहा नगरपालिकाका सहकारीहरुको अवस्था मापन गरिदै