अध्यक्ष कँडेल आइसीए एपीको सञ्चालक सदस्य निर्वाचित


काठमाडौं । राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेल अन्तर्राष्ट्रिय सहकारी महासंघ एसिया प्रशान्त क्षेत्रको सञ्चालक सदस्यमा  निर्वाचित हुनुभएको थियो । उक्त आइसीए एपीको सम्पन्न निर्वाचनमा उहाँ विजयी हुनुभएको र पाँचौं सर्वाधिक मत प्राप्त गर्दै आइसीए एपीमा निर्वाचिन हुनुभएको महासंघले जनाएको थियो । त्यसैगरी आइसीए एपीको अध्यक्षमा भारतका चन्द्रपाल सिंह यादव निर्वाचित हुनुभएको थियो भने चिनका जेनहोङ र मलेसियाका डाटो डा. अब्दुल फताह अबदुल्लाह उपाध्यक्ष समेतमा  निर्वाचित हुनुभएको थियो ।

त्यसैगरी महासंघ अध्यक्ष कडेल विगतमा २ वर्ष एसियाली ऋण महासंघको प्रथम र त्यति नै समय द्धितिय उपाध्यक्ष समेत भैसक्नुभएको र करिब २६ बर्षदेखि सहकारी अभियानमा सक्रिय  भई  महासंघको  अध्यक्षमा निर्वाचित हुनुभएकोमा  उहाँलाई हार्दिक बधाई तथा कार्यकाल सफलताको शुभकामना समेत दिइएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नेफ्स्कूनद्वारा सदस्य संघ संस्थाहरूका लागि “एकीकृत स्वनियम मार्गनिर्देशन–२०७९” जारी
“एकीकृत साकोस सञ्जालका लागि साझा प्रविधि” भन्ने यस बर्षको अभियानको थिम सार्वजनिक
सहकारी विभागद्वारा सहकारी संघ संस्था र सदस्यहरुका लागि निर्देशन जारी
दोलखामा कोपोमिस तालिम सञ्चालन