नेफ्स्कून अध्यक्ष पौडेलद्वारा संघको ३४औं सेवा केन्द्र उद्घाटन


नेफ्स्कूनको ३४ औँ सेवा केन्द्र सिन्धुलीमा सञ्चालनमा आएको थियो । उक्त सेवा केन्द्रको उद्घाटन नेफ्स्कूनका अध्यक्ष परितोष पौडेलले गर्नुभएको थियो भने नेफ्स्कूनले सदस्य संस्थाको प्रवर्धन र विकासका लागि सिन्धुलीमा पनि सेवा केन्द्र सञ्चालनमा ल्याई सदस्य संस्थाका प्रतिनिधिहरुको उपस्थितिमा कार्यालय उद्घाटनसँगै कारोबार समेत सञ्चालनमा आएको थियो । त्यसैगरी सिन्धुली भ्रमणमा रहनुभएका नेफ्स्कून अध्यक्ष पौडेल साकोस अभियानवारे समसामयिक विषयमा आयोजित अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथिको रुपमा समेत सहभागी हुनुभएको थियो भने सिन्धुलीका ३० साकोसका अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्ष, संचालक र व्यवस्थापकहरुसँग समेत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो ।

उक्त कार्यक्रममा नेफ्स्कूनका संचालक सदस्य जिवसराज खड्का, जिल्ला बचत तथा ऋण सहकारी संघ सिन्धुलीका अध्यक्ष बलकुमारी श्रेष्ठ, नेफ्स्कून सदस्य सेवा विभाग प्रमुख दुर्गाप्रसाद ढकाल लगायतको आतिथ्यता रहेको थियो भने प्रमुख व्यक्तित्व संघका अध्यक्ष परितोष पौडेलले नेपालको सबै भन्दा ठुलो सञ्जाल वचत तथा ऋण सहकारीहरु रहेकोले साकोस अभियानले उद्यमशिलता विकासका लागि काम गर्नु पर्ने बताउनुभएको थियो ।

कार्यक्रममा जिल्ला बचत संघकी अध्यक्ष श्रेष्ठले शुभकामना मन्तव्य राख्नुभएको थियो भने नेफ्स्कूनका संचालक जिवसराज खड्काले प्रतिबद्धता मन्तव्य राख्नुभएको थियो भने उहाँले अब साकोस अभियानलाइ बलियो बनाउन साकोस, जिल्ला बचत संघ, प्रदेश बचत संघको साथ र सहयोग आवाश्यक रहेको औल्याउनुभएको थियो । त्यसैगरि नेफ्स्कूनका सदस्य सेवा विभागका प्रमुख दुर्गाप्रसाद ढकालले नेफ्स्कूनको सेवा व्यवसायबारे प्रस्तुति गर्नुभएको कार्यक्रमको सञ्चालन नेफ्स्कून फिल्ड कार्यालय सर्लाहीका इन्चार्ज महेश बरालले गर्नुभएको थियो ।

 

 


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नेफ्स्कूनद्वारा सदस्य संघ संस्थाहरूका लागि “एकीकृत स्वनियम मार्गनिर्देशन–२०७९” जारी
“एकीकृत साकोस सञ्जालका लागि साझा प्रविधि” भन्ने यस बर्षको अभियानको थिम सार्वजनिक
सहकारी विभागद्वारा सहकारी संघ संस्था र सदस्यहरुका लागि निर्देशन जारी
दोलखामा कोपोमिस तालिम सञ्चालन