नेफ्स्कून सदस्यता अभिमुखीकरण कार्यक्रम सम्पन्न


काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. नेफ्स्कूनको आयोजनामा भर्चुअल प्लेटफर्ममाफर्त सदस्य अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको थियो । नेफ्स्कूनमा आवद्ध नयाँ बचत तथा ऋण सहकारी संस्थाहरुलाई केन्द्रीय संघले प्रवाह गरिरहेका सेवाहरु एवं हाल सहकारी संस्थामा देखिएका चुनौती एवं सोको समाधानका लागि प्रारम्भिक संस्था र केन्द्रीय संघले खेल्नुपर्ने भूमिकाहरु बारे छलफल समेत भएको थियो । त्यसैगरि कार्यक्रमलाई संयोजन गर्दै नेफ्स्कूनकी उपाध्यक्ष शान्ती अधिकारीले कोभिडको असर र त्यसबाट सदस्यमा परेको प्रभाव न्यूनीकरण एवं बजारमा देखिएको तरलता संकट न्यूनीकरणका लागि केन्द्रीय तरलता कोषको आवश्यकताका साथै स्थिरिकरण कोष सञ्चालनमा ल्याउन सबैको सहकार्य भएमा सहकारी अभियान संस्थागत हुने विषयमा सबै सहभागी संस्थाहरुको ऐक्यवद्धता रहेको बताउनुभएको थियो ।

नेफ्स्कूनका निमित्त प्रमुख कार्यकारी अधिकृत सञ्जयराज तिमिल्सिनाले सहकारी संस्थाहरु दुर्घटनामा पर्नुको मुख्य कारण सुशासनमा विचलन भएको बताउँदै सबै संस्थाहरुलाई स्तरिकरण कार्यक्रममा आवद्ध भई संस्थालाई सुरक्षित तवरले सञ्चालन गर्नुपर्ने बताउनुभएको थियो भने उक्त कार्यक्रम नेफ्स्कूनका सेवाहरुको बारेमा वरिष्ट अधिकृत प्रेमनाथ वाग्लेले सहजीकरण गर्नुभएको थियो भने व्यवस्थापकीय सहजीकरण गौरी तिमल्सिनाले गर्नुभएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नेफ्स्कूनद्वारा सदस्य संघ संस्थाहरूका लागि “एकीकृत स्वनियम मार्गनिर्देशन–२०७९” जारी
“एकीकृत साकोस सञ्जालका लागि साझा प्रविधि” भन्ने यस बर्षको अभियानको थिम सार्वजनिक
सहकारी विभागद्वारा सहकारी संघ संस्था र सदस्यहरुका लागि निर्देशन जारी
दोलखामा कोपोमिस तालिम सञ्चालन